आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार


०९ अप्रिल, २०२१
ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि आफू नेतृत्वको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड विपरित काम गरेकी नर्वेकी प्रधानमन्त्रीले २० हजार नर्वेजियन क्रोनर जरिवाना तिर्न आफू तयार रहेको बताएकी छन् । फेब्रुअरीको अन्तिम साता आफ्नै जन्मदिनको पार्टीमा सहभागी भएर आफू नेतृत्वकै सरकारले बनाएको नियम तोडेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले आज प्रहरीसमक्ष जरिमाना तिर्ने बताएकी हुन्।

नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेग

प्रहरीले प्रधानमन्त्रीले नियम तोडेको भन्दै जरिवाना तिर्नुपर्ने निष्कर्ष निकालेपछि उनी जरिवाना तिर्न राजी भएकी हुन् । यद्यपि उनले पहिले नै आफूले गलत गरेको भन्दै कानुनी कारबाही भोग्न तयार रहेको भन्दै प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आइरहेकी थिइन् ।

सरकारले लागू गरेको १० जना भन्दा बढी भेला हुन नपाउने मापदण्ड तोड्दै गएको फेब्रुअरी २४ का दिन उनी जन्मदिन मनाउन राजधानी ओस्लोबाट नर्वेकै कोल नगरपालिका पुगेकी थिइन् । उनले जन्मदिनको अवसरमा स्थानीय एक रेस्टुरेन्ट गरिएको पार्टीमा सहभागीता जनाएपनि उनको चौतर्फी विरोध भएको थियो । उनले घटनाप्रति पश्चाताप व्यक्त गर्दै जरिवाना तिर्न तयार भएको बताउँदै आएपनि आज मात्रै उनले जरिमाना तिर्ने घोषणा गरेकी हुन् । नर्वे सरकारले फेब्रुअरीमा जारी गरेको कोरोना सुरक्षा मापदण्ड अनुसार निजी भेटघाट तथा गतिविधिमा १० जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको थियो ।

तर सो नियम विपरित आफ्नै जन्मदिनको सो पार्टीमा उनका परिवारका सदस्यहरुसहित १४ जना सहभागी भएका थिए । सो पार्टीमा उनका श्रीमानसहित परिवारका सदस्यहरु सहभागी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी अधिकारीहरुका अनुसार सरकारी नियम तोडेका कारण लगाईने २० हजार नर्वेजियन क्रोनर जरिवाना प्रधानमन्त्री एर्नाकी पतिलाई भने लगाईने छैन । अर्थात् जरिवानाको सबै रकम उनले नै तिर्नेछिन् । उनले आफूले गल्ति गरेको भन्दै पटक पटक पश्चाताप गर्दै माफी मागेकी छन् ।

त्यतिनै बेला उनले आफूले असावधानीबस गल्ती गरेको भन्दै आवश्यक सजायाँ भोग्न आफू तयार रहेको बताउँदै आएकी थिइन् । पार्टीमा सहभागी हुन उनी कोल शहर पुगेको भएपनि केही घण्टापछि नै स्वास्थ्य समस्याका कारण उनी ओस्लो फर्किएको नर्वेका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले हालै प्रधानमन्त्रीले जन्मदिनको पार्टी मनाएको रेस्टुरेन्टमा पुगेर त्यहाँ सहभागी तथा रेस्टुरेन्टको सञ्चालकहरुसँग आवश्यक सोधपुछ गरेको थियो । प्रहरीले गरेको २ साता लामो अनुसन्धानपछि प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि सरकारले बनाएको नियम तोडेको पुष्टि गरेको थियो । त्यसलगत्तै उनले आज नियम तोडेकोमा क्षमा याचना सहित कानुन अनुसार जरिवाना तिर्ने बताएकी हुन् ।

नर्वे सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरेको मापदण्ड अनुसार १० जना भन्दा बढीको व्यक्तिगत भेटघाटमा संलग्नलाई प्रतिव्यक्ति १० हजार क्रोनर जरिवाना गर्ने उल्लेख छ । यस्तै कार्यक्रम आयोजकलाई २० हजार क्रोनर जरिवाना गर्ने नियममा उल्लेख छ । सो घटनामा भने प्रधानमन्त्री स्वयंले २० हजार क्रोनर जरिमाना तिर्ने बताएकी छन् । उनले जनतादेखि नेतासम्म सबैलाई एउटै नियम लाग्नेमा आफूलाई राम्ररी हेक्का भएको भन्दै असावधानीले गल्ती भएको स्वीकारेकी छन् ।

प्रहरीले भने नियमको पालना सबैले गर्नुपर्दछ भन्ने यो घटनाले देखाएको जनाएको छ । प्रधानमन्त्रीले तिर्ने २० हजार नर्वेजियन क्रोनर नेपाली रुपैयाँमा परिणत गर्दा (शुक्रबार राती साढे १० बजेको नर्वेजियन समय अनुसारको रेट: १ नर्वेजियन क्रोनर बराबर नेपाली १४ रुपैयाँ ६ पैसा) २ लाख ८१ हजार २ सय ६५ रुपैयाँ ७८ पैसा हुन आउँछ।

नर्वेको कन्जरभेटिभ पार्टीका नेता एर्ना सन् २०१३ देखि नर्वेको प्रधानमन्त्रीको रुपमा कार्यरत छिन् । उन ६० वर्ष पुगेको अवसरमा गरिएको जन्मदिनको पार्टीमा सहभागी हुन जाँदा सो रकम बराबरको जरिवानामा परेकी हुन् । सन् १९६१ को फेब्रुअरी २४ मा उनी नर्वेको सुन्दर शहर बेर्गेनमा जन्मिएकी हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गैरआवासीय  नेपाली  संघको अध्यक्षमा डा. बद्री केसी बिजयी गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी

२०८० कार्तिक २ गते बिहिबार

१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

२०८० फाल्गुन १ गते मंगलबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...

‘छक्कापञ्जा-४’ आउँदै :  निमार्ण दिपकराज गिरीले गर्ने ‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

२०७६ पुष १२ गते शनिबार

२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

Top