म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार


२९ मार्च, २०२१
बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १ मा भएको भएको ‘सैन्य कु’ र पछिल्ला दिनमा सेनाले आम नागरिक गरेको बर्बर दमनबाट जोखिन यतिबेला म्यानमारी जनता छिमेकी मुलुक थाइल्याण्डतर्फ भागेका छन् । म्यानमारमा हालै सेनाले निर्वाचित सरकारले चुनावमा धाँधली गर्दै परिणाम आफ्नो पक्षमा पारेको भन्दै शासनसत्ता कब्जा गरेपछि अहिले दैनिक लाखौंले प्रदर्शन गर्दै आइरहेका छन् । सेनाले अहिले आम नागरिकहरुमाथि बर्बर दमन गरिरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोलीसमेत चलाएको छ । जसका कारण आन्दोलन शुरुभएयता सयौं म्यानमारी जनताले ज्यान गुमाईसकेका छन् भने हजारौं घाइते भएका छन् । प्रदर्शन दबाउन म्यानमारी सेनाले अहिले हवाईमार्गबाट समेत प्रदर्शनकारीहरुमाथि आक्रमण गर्न थालेको छ । सेनाले अहिले प्रदर्शनकारीलाई लक्षित गरी हेलिकोप्टरबाट समेत गाउँलेहरुमाथि आक्रमण गर्न थालेको र सेनाको आक्रमण हिंसात्मक बन्न थालेपछि विशेष गरी अहिले करेन समुदायका नागरिकहरु आफ्नो ज्यान जोगाउन थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा पुगेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

स्मरणीय के छ भने म्यानमारमा करेन समुदायकाहरु मानिसहरु विगत लामो समयदेखि आफ्नो समुदायको मुक्तिका लागि आन्दोलनरत छन् । उनीहरुले जारी आन्दोलनमा समर्थन जनाउँदै जातीय मुक्तिको मुद्दालाई सशक्त बनाईरहेका छन् । हालैको प्रदर्शनमा उनीहरुले पनि सक्रिय सैन्य कूको विरुद्ध प्रदर्शनमा सहभागीता जनाउँदै आएका छन् । सैन्य कुसँगै कतिपय म्यानमारी नेताहरुलाई सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । जुन घटनाको अन्र्तराष्ट्रिय समुदायले विरोध गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन

२०८० आश्विन २७ गते शनिबार

१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...

पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित,  कोरोना संक्रमितको संख्या सय नाघ्यो पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...

Top