Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१
नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको आँखाको शल्यक्रिया भएको छ । सामाजिक सञ्जलमा अमिताभले आफ्नो स्वास्थ्य अवस्था विग्रेको र सर्जरी गर्ने बताए लगत्तै उनलाई के भएको हो भन्ने विषयमा उनका शुभचिन्तक माझ खुल्दुली भै रहेका बेला उनको आँखाको शल्यक्रिया भएको समाचार बाहिर आएको छ ।

केही समयदेखि मोतियाबिन्दुसम्बन्धी समस्याबाट पीडित अमिताभका निजी चिकित्सकको सल्लाह बमोजिम उनको मुम्बइस्थित एक अस्पतालमा शनिबार आँखाको शल्यक्रिया सम्पन्न भएको छ । भारतीय समाचार माध्यमहरुले दिएको जानकारी अनुसार उनको आँखाको शल्यक्रिया सम्पन्न भै उनलाई भोलि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ ।
शल्यक्रिया सम्पन्न भै सकेको र अमिताभ हाल मुम्बईस्थित एक अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । केही महिनाअघि कोरोना संक्रमणमा परेका अमिताभ र उनको परिवारले कोरोनालाई भने परास्त गरिसकेको छ । अमिताभले सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्य विग्रिएको जानकारी गराएका थिए ।

प्राप्त जानकारीका पछिल्ला केही महिनायता उनले आँखामा मोतियाबिन्दुको समस्याको सामना गरिरहेका थिए । केही महिनाअघि नै उनको आँखाको शल्यक्रिया गर्ने तयारी भएको भएपनि कोरोना भाइरसको संक्रमणलगायतका कारणबाट चिकित्सकहरुले केही समय पर्खन सुझाव दिएका थिए । अस्पतालका अनुसार शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यद्यपि उनको परिवारका सदस्यले भने अमिताभ बच्चनलाई के भएको हो भन्ने विषयमा सार्वजनिक रुपमा कुनै जानकारी दिएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...
युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)
२०७७ बैशाख २४ गते बुधबार
०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य...
लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...
Top