Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१
नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको आँखाको शल्यक्रिया भएको छ । सामाजिक सञ्जलमा अमिताभले आफ्नो स्वास्थ्य अवस्था विग्रेको र सर्जरी गर्ने बताए लगत्तै उनलाई के भएको हो भन्ने विषयमा उनका शुभचिन्तक माझ खुल्दुली भै रहेका बेला उनको आँखाको शल्यक्रिया भएको समाचार बाहिर आएको छ ।

केही समयदेखि मोतियाबिन्दुसम्बन्धी समस्याबाट पीडित अमिताभका निजी चिकित्सकको सल्लाह बमोजिम उनको मुम्बइस्थित एक अस्पतालमा शनिबार आँखाको शल्यक्रिया सम्पन्न भएको छ । भारतीय समाचार माध्यमहरुले दिएको जानकारी अनुसार उनको आँखाको शल्यक्रिया सम्पन्न भै उनलाई भोलि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ ।
शल्यक्रिया सम्पन्न भै सकेको र अमिताभ हाल मुम्बईस्थित एक अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । केही महिनाअघि कोरोना संक्रमणमा परेका अमिताभ र उनको परिवारले कोरोनालाई भने परास्त गरिसकेको छ । अमिताभले सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्य विग्रिएको जानकारी गराएका थिए ।

प्राप्त जानकारीका पछिल्ला केही महिनायता उनले आँखामा मोतियाबिन्दुको समस्याको सामना गरिरहेका थिए । केही महिनाअघि नै उनको आँखाको शल्यक्रिया गर्ने तयारी भएको भएपनि कोरोना भाइरसको संक्रमणलगायतका कारणबाट चिकित्सकहरुले केही समय पर्खन सुझाव दिएका थिए । अस्पतालका अनुसार शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यद्यपि उनको परिवारका सदस्यले भने अमिताभ बच्चनलाई के भएको हो भन्ने विषयमा सार्वजनिक रुपमा कुनै जानकारी दिएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित
२०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...
कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...
कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...
प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...
Top