Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१
यांगुन, म्यान्मार । करिब एक महिना अघि सेनाले देशको शासन सत्ता हातमा लिएर गरेको सैन्य ‘कु’ का विरुद्ध म्यानमारका दर्जनौं स्थानमा प्रदर्शन जारी छ । प्रदर्शनकै क्रममा राजधानी यांगुनलगायतका शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा १० जना प्रदर्शनकारीको ज्यान गएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि आज चलाएको गोली लागेर यांगुन, म्यान्डलेमा, दोबेईलगायतका शहरमा १० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सयौं प्रदर्शनकारीहरुले सैन्य कूको विरुद्धमा गरेको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँसलगायत प्रयोग गरेको थियो । आक्रोशित नागरिकहरुले त्यसको प्रवाह नगरी आन्दोलनलाई जारी राखेपछि प्रहरीले शुरुमा रबरको गोली तथा हवाई फायर गरेको थियो । सोही क्रममा प्रहरीले हानेको गोली लागेर यांगुन, दोबेईलगायतका शहरमा १० जनाको ज्यान गएको हो । सो क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेहरुको राजधानी यांगुनलगायत देशका विभिन्न क्षेत्रमा रहेका अस्पतालमा उपचार भै रहेको छ। प्रदर्शनकारीहरुका अनुसार प्रहरीले लखेटेर र घेरा हालेर आक्रमण गरेका थिए । सो क्रममा सार्वजनिक भएको भन्दा धेरैको ज्यान गएको प्रदर्शनकारीको दाबी छ । प्रहरीले भने घटनाको वास्तविकता अहिलेसम्म सार्वजनिक गरेको छैन । घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारबादीहरुले कडा भत्र्सना गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई कुनै चेतावनी नदिई गोली चलाउनु मावनअधिकार विरुद्ध भएको भन्दै तत्काल सेनालाई सैनिक ‘कु’ को निर्णय फिर्ता गर्न अन्र्तराष्ट्रिय समुदायको चर्को दबाब म्यान्मारी सेनामाथि परेको छ ।

गएको फेब्रुअरी १ तारिखका दिन म्यानमारका प्रजातन्त्रबादी नेतृ आङ्गसाङ्ग सुकीलगायतका नेताहरुलाई नियन्त्रणमा लिएर सेनाले सासनसत्ता आफ्नो हातमा लिएको थियो । त्यसको विरुद्धमा म्यानमारमा दैनिकजसो प्रदर्शन जारी छ । पछिल्ला दिनहरुमा प्रदर्शनकारीको संख्या तथा प्रदर्शनस्थल पनि बढ्दै गएका कारण आन्दोलन थप हिंसात्मक बन्द थालेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...
शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...
महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन
२०७७ श्रावण ७ गते बुधबार
२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...
Top