Best Khabar Team | २०७७ फाल्गुन १० गते सोमबार
२२ फेब्रुअरी, २०२१
गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै परिवारका ३ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकमा स्थानीय ८४ वर्षका टिलबहादुर गुरुङ्ग उनकी बुहारी र नातिनी मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार आइतबार राति सकुशल सुतेका उनीहरु सोमबार बिहान अवेरसम्म पनि नउठेपछि गाउँले जम्मा भएर घरको ढोका फोरेर हेर्दा उनीहरु मृत भेटिएका थिए । मृतकहरुको मुखबाट फिँज बगिरहेकोले कुनै विषाक्त खानेकुराका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।
मृत्यु हुनेमा टिलबहादुरकी बुहारी २२ वर्षकी आइत कुमारी गुरुङ्ग, आइतकी छोरी १३ वर्षकी उषा गुरुङ्ग रहेकी छन् । स्थानीय जौबारी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ । सो घरमा रहेका अन्य परिवारका सदस्य भने चितवन गएको बुझिएको छ । मृतकहरुको शबलाई पोष्टमार्टमका लागि लागि घटनास्थलबाट जिल्ला अस्पताल गोरखा लैजाने तयारी भै रहेको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...
भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...
पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार...
कोरोना भाइरसको नाम अब ‘कोभिड १९’
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...
Top