Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१
नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार मध्यप्रदेश अन्र्तगतको सिधी जिल्लामा आज बिहान यात्रुबाहक बस बाणसागर परियोजनाको नहरमा खसेको थियो ।

बस पानीमा डुबेर भएको दुर्घटनामा परी ३९ जनाको घटनास्थलमै निधन भएको बताइएको छ । मध्यप्रदेशको सिधी जिल्लाबाट सतनाका लागि छुटेको सो बस रामपुर नैकिन भन्ने स्थानमा बसक छेउको पुलबाट बस नहरमा खसेको थियो । सो दुर्घटनामा परी अहिलेसम्म १२ जना यात्रु हराई रहेको बताइएको छ । दुर्घटनामा परेका मध्ये ६ जना नहरको पानीमा पौडेर बाँच्न सफल भएका छन्। सो बसमा ६० भन्दा बढी यात्रु सवार थिए ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै मृतकको परिवारलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजारको दरले सहयोग गर्ने बताएका छन् । दुर्घटनास्थलमा अहिले भारतीय सेना, प्रहरी तथा तालिमप्राप्त उद्दारकर्ताहरुको टोलीले दुर्घटनामा हराईरहेकाहरुको खोजी कार्य जारी राखेका छन् ।
दुर्घटनास्थल मध्य प्रदेशको राजधानी भोपालबाट झण्डै ५ सय ६० किलोमिटरको दुरीमा रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...
‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे
२०७५ चैत्र ८ गते शुक्रबार
२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...
कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु
२०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...
क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...
Top