Best Khabar Team | २०७७ फाल्गुन १ गते शनिबार
१३ फेब्रुअरी, २०२१
फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार जापानको पूर्वोत्तर क्षेत्रमा रहेको फकुशिमा प्रान्तलाई केन्द्र बनाएर सो भूकम्प गएको थियो । भूकम्पको तीब्रता ७ दशमलव १ रेक्टर स्केलको रहेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट २ सय ३० किलोमिटर टाढा उत्तर दिशामा रहेको फुकुशिमा शहरको समुद्रको किनारमा रहेको छ । भूकम्पका कारण अहिलेसम्म कुनैपनि मानविय क्षति भएको जानकारी आएको छैन । भूकम्पमा परी अहिलेसम्म दर्जनौं मानिसहरु घाइते भएको विवरण प्राप्त भएका छन् । भूकम्प पछि फुकुशिमा क्षेत्रमा रहेका करिब साढे ८ लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पका कारण अवरुद्ध रहेको विद्युत् सेवा सूचारु गराउनका लागि विद्युत् सेवाका कर्मचारीहरु लागि परेका छन् । आज गएको भूकम्पपछि कुनै पनि खालको सामुद्रिक आँधीको सम्भावना नरहेको यहाँको मौसम विभागले जनाएको छ । यद्यपि रातिको समयमा भूकम्प गएका कारण यहाँका क्षतिको वास्तविक विवरण प्राप्त हुन सकेको छैन । सुरक्षा तथा अन्य आपतकालीन मानवउद्दारका कार्यसँग सम्बन्धित विभिन्न अधिकारीहरुले उद्दार तथा राहतको कामलाई तीब्रता दिइरहेका छन् । जापानमा सन् २०११ मा आएको भूकम्प र त्यसपछिको सुनामीका कारण झण्डै १९ हजार जनाको ज्यान गएको थियो ।
जापान विश्वमा सबैभन्दा बढी भूकम्प जाने देशको सूचीमा रहेको छ । जापानमा दैनिक सानाठूला दर्जनौं भूकम्प जाने गरेको भएपनि साढे ६ रेक्टरस्केलभन्दा माथिका भूकम्प भने कम मात्रैमा जान्छन् । जापानका अधिकांश भौतिक संरचनाहरु भूकम्पमैत्री छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...
काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न सरकारको आदेश
२०७६ फाल्गुन २७ गते मंगलबार
१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा...
Top