जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द

Best Khabar Team | २०७७ फाल्गुन १ गते शनिबार


१३ फेब्रुअरी, २०२१
फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार जापानको पूर्वोत्तर क्षेत्रमा रहेको फकुशिमा प्रान्तलाई केन्द्र बनाएर सो भूकम्प गएको थियो । भूकम्पको तीब्रता ७ दशमलव १ रेक्टर स्केलको रहेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट २ सय ३० किलोमिटर टाढा उत्तर दिशामा रहेको फुकुशिमा शहरको समुद्रको किनारमा रहेको छ । भूकम्पका कारण अहिलेसम्म कुनैपनि मानविय क्षति भएको जानकारी आएको छैन । भूकम्पमा परी अहिलेसम्म दर्जनौं मानिसहरु घाइते भएको विवरण प्राप्त भएका छन् । भूकम्प पछि फुकुशिमा क्षेत्रमा रहेका करिब साढे ८ लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण अवरुद्ध रहेको विद्युत् सेवा सूचारु गराउनका लागि विद्युत् सेवाका कर्मचारीहरु लागि परेका छन् । आज गएको भूकम्पपछि कुनै पनि खालको सामुद्रिक आँधीको सम्भावना नरहेको यहाँको मौसम विभागले जनाएको छ । यद्यपि रातिको समयमा भूकम्प गएका कारण यहाँका क्षतिको वास्तविक विवरण प्राप्त हुन सकेको छैन । सुरक्षा तथा अन्य आपतकालीन मानवउद्दारका कार्यसँग सम्बन्धित विभिन्न अधिकारीहरुले उद्दार तथा राहतको कामलाई तीब्रता दिइरहेका छन् । जापानमा सन् २०११ मा आएको भूकम्प र त्यसपछिको सुनामीका कारण झण्डै १९ हजार जनाको ज्यान गएको थियो ।

जापान विश्वमा सबैभन्दा बढी भूकम्प जाने देशको सूचीमा रहेको छ । जापानमा दैनिक सानाठूला दर्जनौं भूकम्प जाने गरेको भएपनि साढे ६ रेक्टरस्केलभन्दा माथिका भूकम्प भने कम मात्रैमा जान्छन् । जापानका अधिकांश भौतिक संरचनाहरु भूकम्पमैत्री छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

२०८२ असार १ गते आइतबार

१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...

काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा...

अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध ! अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...

गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...

Top