इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न सरकारको आदेश

Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार


१० मार्च, २०२०
रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा बढी कोरोना प्रभावित तथा मृतकको संख्या बढ्दै गएपछि युरोपेली मुलुक इटलीले आफ्ना देशका नागरिकहरुलाई आवातजावतमा रोक लगाएको छ । सरकारले करोडौं नागरिकहरुलाई घरभित्रै बस्नका लागि अनुरोध गरेको छ । कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाका दरले बढ्दै गएपछि यहाँको सरकारले नागरिकहरुलाई भाइरसको संक्रमण थप फैलन नदिन यस्तो निर्देशन दिएको छ ।

सरकारले अत्यावश्यक यात्रा गर्न भने पाईने तर त्यसका लागि सरकार र सम्बन्धित निकायबाट अनुमति लिनैपर्ने व्यवस्था गरेको छ । हिजो साँझ यहाँका प्रधानमन्त्री जुसेप कोन्टेले एक सन्देश जारी गर्दै जनतालाई घरभित्रै बस्न अनुरोध गरेका छन् । उनले कमजोरहरुलाई जोगाउनका लागि यो निर्णय गर्नुपरेको भन्दै सरकारले लागू गरेको यो नियम र आदेशलाई आत्मसाथ गरेमा कोरोना छिट्टै नियन्त्रणमा आउने विश्वास समेत व्यक्त गरे ।

इटलीमा कोरोनाको संक्रमणबाट हालसम्म ४६३ जनाको ज्यान गएको छ भने संक्रमणको दर पनि ह्वात्तै बढेको छ । बन्दरगाहमा रहेका क्रुज तथा पानीजहाजलाई पनि त्यहाँ बस्ने अनुमति नदिने सरकारले जनाएको छ । यस्तै रेलवे स्टेशनमा आउनेहरुको तापक्रम जाँच गर्न विशेष व्यवस्था गरिएको सरकारको भनाई छ । सरकारले लगाएको यो प्रतिबन्धको समयसम्म कोही कसैलाई इटली भ्रमणमा समेत रोक लगाइएको छ ।

यसका अलावा अत्यावश्यक परे अनुमति लिएर मात्रे हवाई यात्रा तथा अन्यत्र जान सकिने सरकारको भनाई छ । इटलीमा झण्डै ६ करोड मानिस छन् । सरकारको यो निर्णय पछि यी मानिसहरुले अबको केही समय घरभित्रै बस्नुपर्ने भएको छ । इटलीमा लाखौंको संख्यामा विदेशी पर्यटक तथा कामदारहरु रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...

चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...

ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

२०७७ भाद्र २ गते मंगलबार

१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...

होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ :  १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला

२०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...

Top