काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार


०२ मार्च, २०२०
काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानथलमा देखिने गरी काम शुरु भएको छ । विमानस्थलमा कोरोना भाइरसको संक्रमण हटाउन स्पे्र छर्कनेदेखि विदेशबाट आउने पर्यटकहरुको थर्मल स्क्यानर समेत शुरु भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा तत्काल कोरोनाको संक्रमण बारे विशेष सर्तकता अपनाउन आग्रह गरेसँगै त्रिभवुन विमानस्थलमा देखिने गरी काम शुरु भएको हो । अहिले विमानस्थलको विशेष गरी मानिसहरुको आउजाउ बढी हुने ठाउँमा थर्मल स्क्यानरबाट कोरोनाको संक्रमण चेकजाँच शुरु गरिएको छ भने व्याक्टेरिया मार्नका लागि स्प्रे–गर्ने काम शुरु भएको छ । यसैबीच विमानस्थल हेर्ने नागरिक उड्ययन प्राधिकरणले अत्यावश्यक काम बाहेक विमानस्थलमा आउने काम गर्न सबैलाई आग्रह गरेको छ ।

भीडभाडमा संक्रमण छिटो सर्ने भएकाले अत्यावश्यक काम बाहेक विमानस्थलमा आउने तथा जाने काम बन्द गर्न सबैका लागि सूचना जारी गरेको छ । यस्तै विमानस्थलहुँदै बाहिर जाने वा आउने यात्रुहरुलाई लिन तथा पु-याउन पनि नआउन सबैलाई अनुरोध गरेको छ । प्राधिकरणले एक सूचना जारी गरी आफन्त तथा सुभेच्छुकको स्वागत तथा विदाईमा आउने तथा जाने काम बन्द गर्न सबैलाई आग्रह गरेको हो ।

प्राधिकरणले विश्वव्यापी रुपमा प्रकोपको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारले अभियान चलाएको भन्दै यसमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । विमानस्थलले हाल उपलब्ध गराउँदै आएको भिजिटर पास समेत बन्द गरिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमपूर्ण देशको सूचीमा राखेपछि सरकारले यसको संक्रमण रोक्नका लागि प्रभावकारी कार्यक्रम अघि सारेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...

२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो २४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

Top