Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१
काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९) को खोप लगाइसकेकाहरुले आगामी फागुन २ गतेदेखि खोपको दोश्रो डोज लगाउन पाउने भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाईसकेका र प्राथमिकताको सूचीमा रहेकाहरुलाई सरकारले फागुन २ गतेदेखि दोश्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो ।

फागुन २ गतेदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान फागनु ८ गतेसम्म जारी रहने सरकारको भनाई छ । विशेष गरी पहिलो चरणमा खोप लगाएहरुले यसअघि खोप लगाएकै खोप केन्द्रमा पुगेर खोप लगाउन पाउने छन् । तर त्यसका लागि पहिलो डोज खोप लगाएको कार्ड भने अनिवार्य रुपमा देखाउनुपर्ने छ ।
सरकारले भारतबाट प्राप्त कोरोना विरुद्धको भ्याक्सिनको पहिलो डोज कोरोना विरुद्ध अग्रमोर्चामा खटिने स्वस्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, एम्बुलेन्स चालकलगायतका प्राथमिकताको सूचीको पहिलो नम्बरमा परेकाहरुलाई लगाउने काम शुरु गरिसकेको छ । दोश्रो चरणको खोपको डोज केहीदिनमै काठमाडौं आइपुग्ने भन्दै सरकारले काठमाडौं आएको खोपलाई विभिन्न प्रदेशस्थित यसअघि तोकिएका खोप केन्द्रमा पु-याउने जनाएको छ ।
खोप सम्बन्धित खोप केन्द्रमा फागुन २ भित्रै पु¥याउने तयारी सरकारले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति ट्रम्पले भाईको निधन पछि भने : ‘मेरो सबैभन्दा मिल्ने साथी अब रहेन’
२०७७ श्रावण ३२ गते आइतबार
१६ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका...
नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...
ज्ञान लिएर जाने होइन, छोडेर जाने हो
२०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...
नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
Top