Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१
काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९) को खोप लगाइसकेकाहरुले आगामी फागुन २ गतेदेखि खोपको दोश्रो डोज लगाउन पाउने भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाईसकेका र प्राथमिकताको सूचीमा रहेकाहरुलाई सरकारले फागुन २ गतेदेखि दोश्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो ।

फागुन २ गतेदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान फागनु ८ गतेसम्म जारी रहने सरकारको भनाई छ । विशेष गरी पहिलो चरणमा खोप लगाएहरुले यसअघि खोप लगाएकै खोप केन्द्रमा पुगेर खोप लगाउन पाउने छन् । तर त्यसका लागि पहिलो डोज खोप लगाएको कार्ड भने अनिवार्य रुपमा देखाउनुपर्ने छ ।
सरकारले भारतबाट प्राप्त कोरोना विरुद्धको भ्याक्सिनको पहिलो डोज कोरोना विरुद्ध अग्रमोर्चामा खटिने स्वस्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, एम्बुलेन्स चालकलगायतका प्राथमिकताको सूचीको पहिलो नम्बरमा परेकाहरुलाई लगाउने काम शुरु गरिसकेको छ । दोश्रो चरणको खोपको डोज केहीदिनमै काठमाडौं आइपुग्ने भन्दै सरकारले काठमाडौं आएको खोपलाई विभिन्न प्रदेशस्थित यसअघि तोकिएका खोप केन्द्रमा पु-याउने जनाएको छ ।
खोप सम्बन्धित खोप केन्द्रमा फागुन २ भित्रै पु¥याउने तयारी सरकारले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...
युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै
२०७६ चैत्र ४ गते मंगलबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...
बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...
Top