Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत कोरोना नियन्त्रणका लागि विशेष स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । राष्ट्रिय ध्वजाबहाक नेपाल बायुसेवा निगमको विमानबाट आज बिहान कोरोना नियन्त्रणका लागि आवश्यक विभिन्न खाले मेडिकल सामग्री काठमाडौं ल्याइएको हो ।
सो मेडिकल सामग्री देशका सबै प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री चीनको ग्वाङजाओबाट सरकारले खरिद गरी विमान चार्टर गरी काठमाडौं ल्याएको हो । नेपाल बायुसेवा निगमको वाईड बडी विमानमार्फत् ल्याइएको स्वास्थ्य सामग्रीमा कोरोना परीक्षणमा प्रयोग हुने किट, विभिन्न खाले औषधी, पिपिई, माक्सलगायत लगभग १३ हजार किलोग्राम स्वास्थ्य सामग्री रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एयर लिफ्टमार्फत ल्याइएको सामग्रीमा एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण तथा केही औषधीहरु समेत रहेका छन् । नेपाल ल्याइएको सामग्री अब देशको सबै जिल्ला र क्षेत्रमा पुग्नेगरी सम्बन्धी प्रदेशमार्फत् वितरण गरिने जनाइएको छ ।
यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...
कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...
चुनावी सभामा गोली लागि घाइते अमेरिकी पूर्वराष्ट्रपति खतरामुक्त, अस्पतालबाट डिस्चार्जलगत्तै पुनः चुनावी अभियानमा
२०८१ असार ३० गते आइतबार
१४ जुलाई, २०२४ न्यूर्योक, अमेरिका । गोली लागि घाइते...
कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
Top