कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो

Best Khabar Team | २०७७ माघ २८ गते बुधबार


१० फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण देखिएका विरामीहरुलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि निजी अस्पताल तथा मेडिकल कलेजहमा समेत कोरोनाका विरामीहरुको उपचार गरिँदै आएकोमा अबदेखि यस्ता विरामीहरुलाई सरकारी अस्पतालमात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको हो ।

फाइल तस्वीरः स्वास्थ्य मन्त्रालय ।

पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या घटेसँगै सरकारी अस्पतालले नै नयाँ संक्रमितको परीक्षण तथा उपचार गर्न सकिने भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । यस्तै सरकारले निजी अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितहरुको अब थप १० दिनको खर्चमात्रै भर्ने भन्दै १० दिनपछि निजी अस्पतालमा उपचारमा संलग्न विरामीको उपचार खर्च (सोधभर्ना) सरकारले व्यहोर्न नसक्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तरर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को आज बसेको बैठकले भोलिबाट भेटिने नयाँ कोरोना संक्रमितहरुलाई सरकारी अस्पतालमै उपचार गर्ने व्यवस्थासहित सम्बन्धित विभिन्न निजी अस्पताल तथा मेडिकल कजेजहरुलाई जानकारी गराउने जनाएको छ । यस्तै सरकारले सरकारी प्रयोगशालामा कोरोना परिक्षणका लागि स्वाब संकलन (पिसिआर) जाँज गरेको शुल्क १ हजार मात्रै लाग्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अबदेखि सरकारी क्लिनिकहरुमा कोभिड १९ को परीक्षण गर्दा शुल्क बापत १ हजार रुपैयाँमात्रै तिर्ने गरी शुल्क समायोजना गरिएको हो । सरकारले यसअघि सरकारी क्लिकिनहरुमा पिसिआर टेस्ट गरेको शुल्क २ हजार रुपैयाँ लिने व्यवस्था गरेको थियो । कोरोना संक्रमित घट्दै गएका तथा कोरोना परिक्षणलाई थप सहज बनाउनका लागि यो व्यवस्था गराइएको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...

काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...

काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

Top