कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो

Best Khabar Team | २०७७ माघ २८ गते बुधबार


१० फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण देखिएका विरामीहरुलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि निजी अस्पताल तथा मेडिकल कलेजहमा समेत कोरोनाका विरामीहरुको उपचार गरिँदै आएकोमा अबदेखि यस्ता विरामीहरुलाई सरकारी अस्पतालमात्रै उपचार गर्ने गरी नियम परिवर्तन गरेको हो ।

फाइल तस्वीरः स्वास्थ्य मन्त्रालय ।

पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या घटेसँगै सरकारी अस्पतालले नै नयाँ संक्रमितको परीक्षण तथा उपचार गर्न सकिने भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । यस्तै सरकारले निजी अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितहरुको अब थप १० दिनको खर्चमात्रै भर्ने भन्दै १० दिनपछि निजी अस्पतालमा उपचारमा संलग्न विरामीको उपचार खर्च (सोधभर्ना) सरकारले व्यहोर्न नसक्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तरर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को आज बसेको बैठकले भोलिबाट भेटिने नयाँ कोरोना संक्रमितहरुलाई सरकारी अस्पतालमै उपचार गर्ने व्यवस्थासहित सम्बन्धित विभिन्न निजी अस्पताल तथा मेडिकल कजेजहरुलाई जानकारी गराउने जनाएको छ । यस्तै सरकारले सरकारी प्रयोगशालामा कोरोना परिक्षणका लागि स्वाब संकलन (पिसिआर) जाँज गरेको शुल्क १ हजार मात्रै लाग्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अबदेखि सरकारी क्लिनिकहरुमा कोभिड १९ को परीक्षण गर्दा शुल्क बापत १ हजार रुपैयाँमात्रै तिर्ने गरी शुल्क समायोजना गरिएको हो । सरकारले यसअघि सरकारी क्लिकिनहरुमा पिसिआर टेस्ट गरेको शुल्क २ हजार रुपैयाँ लिने व्यवस्था गरेको थियो । कोरोना संक्रमित घट्दै गएका तथा कोरोना परिक्षणलाई थप सहज बनाउनका लागि यो व्यवस्था गराइएको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

२०७६ जेठ २० गते सोमबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका...

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस् स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

Top