Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१
याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’ को विरोधमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । उनीहरुले सैनिक शासनको विरोध गर्दै करिब १ सातादेखि राजधानी याङ्गुगन र आसपासका सडकमा प्रदर्शन जारी राखेका छन् । यो क्रम बुधबार पनि जारी रहेको छ । हालै म्यान्मारमा भएको सैनिक कूका विरुद्ध अहिले विश्वभरबाट विरोध भै रहेका बेला यहाँका नागरिकहरुले दिनहुँ प्रदर्शनलाई थप सशक्त बनाउँदै लगेका छन् ।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन तथा प्रदर्शन तितरवितर बनाउन सडकमा हजारौं सेना र प्रहरी परिचालन गरिएको छ । विरोध प्रदर्शन उत्रिएका स्थानीयवासिन्दालाई सुरक्षाकर्मीले अश्रुग्याँस, पानीको फोहोरालगायतले हानेर तितरवितर बनाउने कोशिष गरेका छन् । कतिपय स्थानमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले रबरका गोली चलाएको छ । प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरुसमेत घाइते भएका छन् । आजको विरोध कार्यक्रममा राजधानी याङ्गगुनका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले स्वतस्फूर्तरुपमा सहभागीता जनाएका छन् । नागरिक प्रदर्शनलाई कमजोर बनाउन सेनाले इन्टरनेट सेवासमेत अवरुद्ध पारेको छ ।
यसका बाबजुत अनलाईनबाट सैन्य कुको विरुद्ध भोटिङ्ग अभियान शुरु भएको छ । प्रदर्शनकारीहरुले म्यान्मार र म्यानमारी जनताका लागि अहिले न्याय आवश्यक भएको भन्दै सैन्य कूको तत्काल खारेजी गर्न माग गरेका छन् । सैन्य ‘कु’ भएलगत्तै यहाँकी नेतृ आङ्गसाङ्ग सूकीलगायतका दर्जनौं शिर्ष नेताहरुलाई पक्राउ गरिएको छ । उनीहरुलाई अहिले सेनाले हिरासतमा राखेको छ ।

सेनाले गएरातिमात्रै नेत्री सुकीको पार्टी ‘नेसनल लीग फर डेमोक्रेसी’को याङ्गुनस्थित कार्यलयको मूल ढोका फुटाएर त्यहाँ रहेका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । हाल साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म देशव्यापी रुपमा कफ्र्यु आदेश जारी गरिएको छ ।
कफ्र्युकै समयमा सेनाले नेतृ सुकीको पार्टी कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजातलाई नियन्त्रणमा लिएको हो । नागरिक प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुको मानवअधिकारको रक्षाका लागि आवश्यक सावधानी नअपनाएको भन्दै विभिन्न अन्र्तराष्ट्रिय निकायले सुरक्षाकर्मीको ध्यानाकर्षण गराएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री
२०७९ फाल्गुन २७ गते शनिबार
११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
Top