Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते राति १२ बजेसम्मका लागि नेपालसँग सीमा जोडिएका छिमेकी चीन र भारतको सिमावर्ती क्षेत्रमा आवागमन रोक्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुबै देशमा कोरोना संक्रमण जारी रहेको भन्दै चीन र भारतसँगको सीमावर्ती क्षेत्रमा गाडी तथा मानिसको आवागमन रोक्ने निर्णय गरेको हो ।
भारतमा दैनिक सयौंको संख्यामा कोरोना संक्रमितहरु थपिँदै गएको र नेपाल भारत खुल्ला सिमाका कारण तत्कालका लागि सिमा खुला गर्न नसकिने सरकारको भनाई छ । भारतले पनि अहिले नेपाललगायत छिमेकी मुलुकहरुसँगको बन्द गरेको सन्दर्भमा नेपाले पनि सीमा नाका बन्द गर्ने निर्णयलाई निरन्तर बैशाख मसान्तसम्म जारी राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले गएको चैत्र १० गतेदेखि भारत र चीनको सीमावर्ती नाकाबाट मानिसहरुको आगावमन रोक्ने निर्णय गरेको थियो । यस्तै सरकारले रोजगार अनुमति प्रणालीबाट कोरिया जानका लागि भाषा परिक्षा उत्तीर्ण गरेकाहरुलाई प्रक्रिया पु-याएर विदेश जान दिने भएको छ । कोरियन सरकार नेपाल सरकारबीचको सहमति अनुसार यसरी पठाईने कामदारको स्वाथ्थ चेकजाँच कोरिया सरकारले नै गर्ने छ ।
कोरियामा कामदार भिषा पाएर नेपालमै रोकिएका सयौं कामदार तथा छुट्टीमा आएकाहरुलाई नेपालबाट आवश्यक प्रक्रिया पु-याएर पठाईने भन्दै सरकारले कोरिया पुगेपछि कोरियन सरकारले उनीहरुको स्वास्थ्य जाँच गर्ने जनाएको छ ।सरकारले कोरिया पठाउने कामदारलाई कसरी र कुन माध्यमबाट विदेश पठाउने भन्ने विषयमा भने केही बताएको छैन ।
किनभने सरकारले आगामी जेठ २ गतेसम्मका लागि सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाईसकेको छ । कोरोनाका कारण लकडाउन लम्बिएपछि अहिले देश तथा विदेशमा हुने सबै यात्रुबाहक विमानको उडान ठप्प छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !
२०७७ भाद्र २७ गते शनिबार
१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर...
कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...
२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख
२०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक...
Top