सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६ अप्रिल, २०२०
काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते राति १२ बजेसम्मका लागि नेपालसँग सीमा जोडिएका छिमेकी चीन र भारतको सिमावर्ती क्षेत्रमा आवागमन रोक्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुबै देशमा कोरोना संक्रमण जारी रहेको भन्दै चीन र भारतसँगको सीमावर्ती क्षेत्रमा गाडी तथा मानिसको आवागमन रोक्ने निर्णय गरेको हो ।

भारतमा दैनिक सयौंको संख्यामा कोरोना संक्रमितहरु थपिँदै गएको र नेपाल भारत खुल्ला सिमाका कारण तत्कालका लागि सिमा खुला गर्न नसकिने सरकारको भनाई छ । भारतले पनि अहिले नेपाललगायत छिमेकी मुलुकहरुसँगको बन्द गरेको सन्दर्भमा नेपाले पनि सीमा नाका बन्द गर्ने निर्णयलाई निरन्तर बैशाख मसान्तसम्म जारी राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले गएको चैत्र १० गतेदेखि भारत र चीनको सीमावर्ती नाकाबाट मानिसहरुको आगावमन रोक्ने निर्णय गरेको थियो । यस्तै सरकारले रोजगार अनुमति प्रणालीबाट कोरिया जानका लागि भाषा परिक्षा उत्तीर्ण गरेकाहरुलाई प्रक्रिया पु-याएर विदेश जान दिने भएको छ । कोरियन सरकार नेपाल सरकारबीचको सहमति अनुसार यसरी पठाईने कामदारको स्वाथ्थ चेकजाँच कोरिया सरकारले नै गर्ने छ ।

कोरियामा कामदार भिषा पाएर नेपालमै रोकिएका सयौं कामदार तथा छुट्टीमा आएकाहरुलाई नेपालबाट आवश्यक प्रक्रिया पु-याएर पठाईने भन्दै सरकारले कोरिया पुगेपछि कोरियन सरकारले उनीहरुको स्वास्थ्य जाँच गर्ने जनाएको छ ।सरकारले कोरिया पठाउने कामदारलाई कसरी र कुन माध्यमबाट विदेश पठाउने भन्ने विषयमा भने केही बताएको छैन ।

किनभने सरकारले आगामी जेठ २ गतेसम्मका लागि सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाईसकेको छ । कोरोनाका कारण लकडाउन लम्बिएपछि अहिले देश तथा विदेशमा हुने सबै यात्रुबाहक विमानको उडान ठप्प छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२ नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै...

Top