अस्ताए गन्धर्व संस्कृतिका ‘बादशाह’ धनबहादुर

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार


२५ जनवरी, २०२१
लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका रुपमा रहेका गायक धनबहादुर गन्धर्व (गायक) आज ब्रह्मलीन भएका छन् । दर्जनौं चर्चित गीतहरुमा संगीत तथा शब्द दिएका धनबहादुरको उपचारको क्रममा आज कास्की जिल्लास्थित पोखराको मनिपाल अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

तस्वीर : जगन्नाथ उलक मेमोरियल ट्रस्टका संस्थापक सुनिल उलकको फेसबुकबाट साभार ।

विगत केही समयदेखि छाति तथा फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त भएपछि गायकको मनिपाल अस्पतालमा राखेर उपचार गरिएको थियो । २०२१ सालमा पोखरामा जन्मिएका थिए । उनले गन्धर्व जातिको पहिचान बोकेको सारंगीको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले पोखरामा सारङ्गी संरक्षण पाठशाला सञ्चालनमा ल्याएका थिए ।

स्वर्गीय झलकमान गन्धर्व (धनबहादुरका मामा) को सम्झनामा सञ्चालनमा रहेको झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशालामा ८ वर्षदेखि २५ वर्ष उमेर समूहका युवा समूहले सारंगी बजाउन सिकिरहेका छन् । सारंगीका साथै उनी मादल बजाउन पनि पोख्त मानिन्छन् । उनले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका थिए । स्वर्गीय गायकप्रति श्रद्दासुमनसहित उनको शब्द तथा संगीतमा रहेको यो चर्चित गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...

अष्ट्रेलियामा आगोको वितण्डा अष्ट्रेलियामा आगोको वितण्डा

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...

अमेरिकामा एकाविहानै  ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प अमेरिकामा एकाविहानै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

Top