Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१
लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका रुपमा रहेका गायक धनबहादुर गन्धर्व (गायक) आज ब्रह्मलीन भएका छन् । दर्जनौं चर्चित गीतहरुमा संगीत तथा शब्द दिएका धनबहादुरको उपचारको क्रममा आज कास्की जिल्लास्थित पोखराको मनिपाल अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

विगत केही समयदेखि छाति तथा फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त भएपछि गायकको मनिपाल अस्पतालमा राखेर उपचार गरिएको थियो । २०२१ सालमा पोखरामा जन्मिएका थिए । उनले गन्धर्व जातिको पहिचान बोकेको सारंगीको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले पोखरामा सारङ्गी संरक्षण पाठशाला सञ्चालनमा ल्याएका थिए ।
स्वर्गीय झलकमान गन्धर्व (धनबहादुरका मामा) को सम्झनामा सञ्चालनमा रहेको झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशालामा ८ वर्षदेखि २५ वर्ष उमेर समूहका युवा समूहले सारंगी बजाउन सिकिरहेका छन् । सारंगीका साथै उनी मादल बजाउन पनि पोख्त मानिन्छन् । उनले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका थिए । स्वर्गीय गायकप्रति श्रद्दासुमनसहित उनको शब्द तथा संगीतमा रहेको यो चर्चित गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त
२०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...
भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका...
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान...
नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...
Top