४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !

Best Khabar Team | २०७७ माघ ७ गते बुधबार


२० जनवरी, २०२१
न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिएका छन् । यहाँस्थित सर्वोच्च अदालतकी प्रधानन्यायधीश जो जी रोबर्टस जनियरले क्यापिटल हिलमा आयोजित एक भव्य समारोहका बीच बाइडेनलाई अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा सपथ खुवाएकी हुन् ।

उनीसँगै कमला ह्यारीले पनि अमेरिकाको उपराष्ट्रपतिको रुपमा सपथ लिएकी छन् । कमलालाई भने सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले सपथ खुवाएकी हुन् । बासिङ्गटन डिसीस्थित क्यापिटल हिलमा भएको सपथ ग्रहण कार्यक्रमसँगै अब अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले राज्यसत्ता सम्हाल्ने छन् । ७८ वर्षीय अमेरिकी नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस, बिल किल्न्टनलगायतको सहभागिता रहेको थियो ।

तस्वीर साभार : ट्वीटर ।

तर निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने आजै बिहान ह्वाईटहाउस छाडेर गृहनगर फ्लोरिडातर्फ लागेका छन् । उनी बाइडेनको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् । तर तत्कालीन उपराष्ट्रपति माइक पेन्स भने सो कार्यक्रममा सहभागी भएका थिए । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाईडेन विगतमा शिक्षक, वकिल हुँदै सिनेटरमा समेत चयन भएका थिए ।

गत नोभेम्बरमा भएको चुनावमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन नयाँ राष्ट्रपतिमा विजयी भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै  १९ अर्ब बुझाउन बाँकी एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...

अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा  (फोटोफिचर) अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...

Top