भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

Best Khabar Team | २०७७ माघ ४ गते आइतबार


१७ जनवरी, २०२१
नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका दिनदेखि आम नागरिकमा कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ । भारत सरकारले हालै आम नागरिकलाई खोप लगाउनका लागि कोरोनाका खोप उत्पादक कम्पनीहरुलाई अनुमति दिएसँगै आजबाट भारतले औपचारिक रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको हो । पहिलो चरणमा भारतमा ३० करोड मानिसमा यो खोप लगाईने भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणमा ३ करोडलाई खोप लगाईने र त्यसपछि क्रमश बाँकी नागरिकलाई खोप लगाउने अधिकारीहरुले बताएका छन् । आगामी जुन महिनासम्म भारतले ३० करोड जनासंख्यामा कोरोना भ्याक्सिन लगाउने महत्वकांक्षी योजना अघि सारेको छ । भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) सँगको सहकार्यमा निर्माण गरेको कोभ्याक्सिन खोपलाई तत्कालका लगि लगाउन अनुमति प्रदान गरिएको छ ।

अक्सफोर्ड र अस्ट्राजेनेकासँग मिलेर सिरम इन्स्टिच्युटले कोभिसिल्ड भ्याक्सिन तयार पारेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज पहिलो पटक भारतमा शुरु गरिएको कोरोना विरुद्धको भ्याक्सिन अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत एकजना सफाइ कर्मचारीबाट आम नागरिकमा लगाउन शुरु गरिएको हो ।

भारतले पहिलो चरणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मीलगायतलाई खोप लगाउने योजना बनाएको छ । त्यसपछि ६५ वर्ष उमेर पुगेका तथा दीर्घ रोग लागेकाहरुलाई खोप लगाउने तयारी भारतले गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले यो अभियानले भारतलाई कोरोना मुक्त बनाउनका लागि ठूलो भूमिका खेल्ने जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ

२०७६ मंशिर २३ गते सोमबार

१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...

रोकियो स्ववियु चुनाव रोकियो स्ववियु चुनाव

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...

तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई...

Top