Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९
काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर नेपाली बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने एक अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक ज्यासोन लोएड मुडी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको एयरपोर्ट नजिकै रहेको मेमोरियल गेस्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अमेरिकी नागरिक मुडीले आर्थिक प्रलोभन देखाएर राजधानीको तिलगंगा छेउमा रहेका सुकुम्बासी बस्ती छेउका बालबालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । ५६७४७२५३५ नम्बरको अमेरिकी राहदानी बोकेका मुडी अमेरिकाको इलिनोइज राज्यका स्थायी वासिन्दा हुन् । उनीमाथि एक बालिकालाई करणी गरेको, दुई बालिकालाई करणीको प्रयास गरेको प्रहरीको भनाई छ ।
यस्तै तीन जना बालकलाई उनलै हस्तमैथुन गर्न लगाएको बताइएको छ । उनले बालबालिकालाई पैसा तथा अन्य खेलौना दिएर यौन दुव्र्यवहार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । नियमित रुपमा बालबालिकालाई लिएर साँझपख होटलामा छिर्न थालेपछि उनको गतिविधि शंकास्पद लागेर स्थानीय प्रहरीमा खबर गरेपछि प्रहरीले होटलमा छापा मारेको थियो ।
उनी काठमाडौंमा रहँदा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ओहोर दोहोर गर्ने गरेका थिए । उनलाई गएराति मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १ सय ४ बाट पक्राउ गर्ने क्रममा तीन जना बालहरुसमेत सँगै थिए । मुडे ३ वर्षदेखि नेपाल बस्दै आएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...
सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...
धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
Top