Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९
काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर नेपाली बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने एक अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक ज्यासोन लोएड मुडी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको एयरपोर्ट नजिकै रहेको मेमोरियल गेस्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अमेरिकी नागरिक मुडीले आर्थिक प्रलोभन देखाएर राजधानीको तिलगंगा छेउमा रहेका सुकुम्बासी बस्ती छेउका बालबालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । ५६७४७२५३५ नम्बरको अमेरिकी राहदानी बोकेका मुडी अमेरिकाको इलिनोइज राज्यका स्थायी वासिन्दा हुन् । उनीमाथि एक बालिकालाई करणी गरेको, दुई बालिकालाई करणीको प्रयास गरेको प्रहरीको भनाई छ ।
यस्तै तीन जना बालकलाई उनलै हस्तमैथुन गर्न लगाएको बताइएको छ । उनले बालबालिकालाई पैसा तथा अन्य खेलौना दिएर यौन दुव्र्यवहार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । नियमित रुपमा बालबालिकालाई लिएर साँझपख होटलामा छिर्न थालेपछि उनको गतिविधि शंकास्पद लागेर स्थानीय प्रहरीमा खबर गरेपछि प्रहरीले होटलमा छापा मारेको थियो ।
उनी काठमाडौंमा रहँदा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ओहोर दोहोर गर्ने गरेका थिए । उनलाई गएराति मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १ सय ४ बाट पक्राउ गर्ने क्रममा तीन जना बालहरुसमेत सँगै थिए । मुडे ३ वर्षदेखि नेपाल बस्दै आएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...
स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...
चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश
२०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...
Top