Best Khabar Team | २०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभर कुल ७ सय ४३ जनामा कोरोना संक्रमण देखिँदा काठमाडौं उपत्यकाभित्र मात्रै ३ सय १८ जना नया संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा २ सय ५० जना, ललितपुरमा ३४ र भक्तपुरमा पनि थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय १८ जना महिला र २ सय जना पुरुष रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ५२ जनाले कोरोना भाइरसलाई पराजित गरेका छन् भने ५ जनाको कोरोनाकै कारण ज्यान गएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणमा परी देशभर १ हजार ८ सय ३ जनाको मृत्यु भै सकेको मन्त्रालयको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...
१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...
गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो
२०७७ श्रावण १० गते शनिबार
२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...
३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...
Top