Best Khabar Team | २०८२ बैशाख १४ गते आइतबार
२७ अप्रिल, २०२५
टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा सहभागी मानिसहरुको भीडलाई लक्षित आक्रमणकारीले गाडी चलाउँदा कम्तीमा एक दर्जनको ज्यान गएको छ । गएराति क्यानडाको पश्चिमी शहरमा अवस्थित भ्यानकुभरमा सडक महोत्सव हेर्न जम्मा भएका स्थानीय तथा पर्यटकहरुलाई लक्षित एक व्यक्तिले उनीहरुमाथि एक्कासी गाडी गुडाएको थियो । महोत्सवको रमझम चलिरहेका बेला मध्यरातमा भीडमा एक्कासी गाडी चलेपछि भागदौड मच्चिएको थियो ।

त्यस क्रममा गाडिले च्यापिएर र भागदौडका क्रममा हालसम्म ९ जनाको ज्यान गएको क्यानेडाली सञ्चारमाध्यमहरुले जनाएका छन् । भ्यानकुभरको दक्षिणमा फिलिपिनो संस्कृति मनाउन भेला भएका मानिहरुलाई लक्षित गरी संदिग्ध एक व्यक्तिले गाडी चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सो घटनामा घाइते भएकाहरुलाई प्रहरीले उद्दार गरी स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गराएको छ । घटनामा परी घाइते भएकाहरुमध्य केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको क्यानडा सरकारले घोर भत्र्सना गर्द दोषीमाथि कडा कारबाही गरिने जनाएको छ ।
स्मरणीय के छ भने स्पेनी उपनिवेशको प्रतिरोध गर्ने राष्ट्रिय नायक लापु–लापुको सम्झनामा प्रत्येक वर्ष २७ अप्रिलमा फिलिपिन्समा लापु लापु दिवस मनाइन्छ। भ्यानकुभरमा पनि यसैको सम्झनामा केही वर्षदेखि यो दिवस मनाउने गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’
२०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...
हुम्लामा पनि जीप दुर्घटना, सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत
२०७६ पुष १८ गते शुक्रबार
०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...
Top