पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्

Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार


२२ डिसेम्बर, २०२०
टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी पाकिस्तानकी मानव अधिकारकर्मी एवं अभियान्ता करिमा मेहराब बलोच मृत फेला परेकी छिन् । क्यानेडाको टोरन्टोस्थित एक अपार्टमेन्टमा शरणार्थीको रुपमा क्यानडा सरकारले उनलाई संरक्षण दिँदै आएको थियो ।

हिजोमात्रै उनको शव घर नजिकैको पानीको तलाउमा भेटिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको हत्या भएको हो वा आत्महत्या भन्ने विषयमा सुरक्षा अधिकारीहरुले अनुसन्धान अघि बढाएका छन् ।

३७ वर्षीया बलोच करिमा केही समयदेखि घरबाटै वेपत्ता भएकी थिइन् । उनी पछिल्लो ४ वर्षदेखि क्यानडामा शरणार्थीको बस्दै आएकी थिइन्। उनी पाकिस्तानमा छँदा उनले महिला अधिकारका विषयमा कुरा अघि बढाएकी थिइन् । उनी सरकार विरोधी रुपमा पनि परिचित छिन् । सन् २०१६ मा बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा उनी छनौट भएकी थिइन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने...

कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

२०७६ चैत्र २९ गते शनिबार

११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

Top