बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय

Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार


२२ डिसेम्बर, २०२०
काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै हवाई उडानहरुमा रोक लगाउने निर्णय गरेको छ । कोभिड नियन्त्रणसम्बन्धि उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले भोलि अर्थात् २३ डिसेम्बर मध्यरातबाट लागूहुने गरी अनिश्चितकालका लागि बेलायतबाट आउने सबै उडानहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बेलायतका दक्षिणपूर्वी शहरहरुमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका कडा लक्षणसहितका विरामी देखिएपछि यसअघि युरोपलगायत विभिन्न देशले बेलायतसँगको हवाई उडानमा रोक लगाउने निर्णय गरिसकेको छ । शुरुमा चिनको बुहानमै देखिएको जस्ता कडा प्रकारको लक्षणसहितका सयौं संक्रमित देखिएपछि संक्रमणबाट बच्न भन्दै युरोपका सबैजसो देशले बेलायतबाट हुने उडानमा रोक लगाएका हुन् ।

यस्तै नेपाल सरकारले पनि कोरोनाका गम्भीर प्रकृतिका लक्षणसहितका विरामीहरु भित्रन सक्ने र यसले कोरोना संक्रमण जटिल बन्नसक्ने निष्कर्षसहित उडानमा रोक लगाउने निर्णय गरेको समितिले जनाएको छ । यसका साथै अन्यदेशबाट आउने यात्रु जसले बेलायतको ट्रान्जिट प्रयोग गरेर नेपाल आउँदैछन्, उनीहरुलाई समेत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारले पुस १ गतेयता बेलायतबाट वा बेलायत हुँदै नेपाल आएकाहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित) स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै...

८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी ८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...

गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो

२०७७ श्रावण १० गते शनिबार

२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...

Top