Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०
काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै हवाई उडानहरुमा रोक लगाउने निर्णय गरेको छ । कोभिड नियन्त्रणसम्बन्धि उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले भोलि अर्थात् २३ डिसेम्बर मध्यरातबाट लागूहुने गरी अनिश्चितकालका लागि बेलायतबाट आउने सबै उडानहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बेलायतका दक्षिणपूर्वी शहरहरुमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका कडा लक्षणसहितका विरामी देखिएपछि यसअघि युरोपलगायत विभिन्न देशले बेलायतसँगको हवाई उडानमा रोक लगाउने निर्णय गरिसकेको छ । शुरुमा चिनको बुहानमै देखिएको जस्ता कडा प्रकारको लक्षणसहितका सयौं संक्रमित देखिएपछि संक्रमणबाट बच्न भन्दै युरोपका सबैजसो देशले बेलायतबाट हुने उडानमा रोक लगाएका हुन् ।
यस्तै नेपाल सरकारले पनि कोरोनाका गम्भीर प्रकृतिका लक्षणसहितका विरामीहरु भित्रन सक्ने र यसले कोरोना संक्रमण जटिल बन्नसक्ने निष्कर्षसहित उडानमा रोक लगाउने निर्णय गरेको समितिले जनाएको छ । यसका साथै अन्यदेशबाट आउने यात्रु जसले बेलायतको ट्रान्जिट प्रयोग गरेर नेपाल आउँदैछन्, उनीहरुलाई समेत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
सरकारले पुस १ गतेयता बेलायतबाट वा बेलायत हुँदै नेपाल आएकाहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...
स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ
२०८१ पुष ८ गते सोमबार
२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...
Top