Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०
न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै अमेरिकाको नयाँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो वाइडेनले मतगणनामा अग्रता लिएका छन् । हालै सम्पन्न राष्ट्रपतिय चुनावमा खसेको तथा हुलाक मार्फत् पठाइएको मतको पछिल्लो गणना अनुसार वाइडेनको नयाँ राष्ट्रपति बन्ने सम्भावना प्रबल बन्दै गएको हो ।
हालसम्म प्राप्त मत परिणाम अनुसार जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जीत नजिक पुगेका छन् । केही राज्यहरुको चुनावी विवरण सार्वजनिक हुन बाँकी रहेपनि ती राज्यहरुका खसेको भोट र उनको पक्षमा देखिएको जनलहरका कारण उनले चुनाव जित्ने सम्भावना प्रबल बनेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो पटक विशेष गरी जर्जिया र पेन्सिलभेनियामा हुलाकबाट पोष्ट गरिएको मतको गणनामा उनको पक्षमा व्यापक रुपमा भोटको लहर देखिन थालेको हो । यद्यपि यसअघि विभिन्न राज्यमा खसेको मत तथा हुलाकबाट प्रेषित गरिएको मतको परिणाममा पनि बाइडेन ट्रम्पभन्दा अग्रपंक्तिमा देखिँदै आएका छन् ।
विजयी हुनका लागि २७० इलेक्टोरल भोटको आवश्यका पर्ने भएपनि उनको पक्षमा ३ सय बढी इलेक्टोर भोट पुग्ने अनुमान पर्यबक्षकहरुले गरेका छन् । यसका अलावा उनका प्रतिद्वन्दी ट्रम्पको मत भने झण्डै एक सयले कम हुने अनुमान गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषगरी आप्रबासीको हक अधिकारलाई व्यापक कटौटी गर्दै उनीहरुलाई देश निकाल्नेसम्मका कानुन बनाउन थालेपछि आप्रबासीहरु उनीप्रति रुष्ट बन्दै आएका थिए ।
जसको फलस्वरुप यो पटक उनले चुनावमा अप्रत्यासीत रुपमा हार बेहोर्नुपर्ने अवस्था सिर्जना भएको हो । यद्यपि चुनावको औपचारिक घोषणाका लागि भने अझै केहीदिन कुर्नुपर्नेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...
सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त
२०७७ श्रावण ८ गते बिहिबार
२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...
Top