कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा !

Best Khabar Team | २०७७ कार्तिक १ गते शनिबार


१७ अक्टोबर, २०२०
काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा मनाईँदै आएको दशै पर्व आजबाट शुरुभएको छ । कोरोना भाइरसको संक्रमण तीब्र बनिरहेकै बेला यो वर्षको दशैं पर्व आजबाट औपचारिक रुपमा शुरुभएको हो । आज विजयादशमीको पहिलो दिन घटस्थापनाको दिन हो । आज बिहानै घरघरमा जमरा राखेर र नवदुर्गाको पुजा आराधना गर्दै दशैं पर्व मनाउने क्रम घर घरमा शुरु भै सकेको छ ।

आज बिहान ११ बजेर ४६ मिनेको शुभ साईतमा देशका विभिन्न दुर्गापीठहरुमा जमरा राखिएको छ । यस्तै दशैं मनाउने सर्वसाधारणहरुले पनि यही साहितमा जमरा राखेका छन् । अघिकमासका कारण यो वर्ष दशैं १ महिना पछि धकेलिएका कारण आज कात्तिक एक गतेबाट मात्रै दशैं शुरुभएको छ । यसअघि गएको असोजको पहिलो साता नै सोह्रश्राद्द सकिइसकेको थियो । यसपटक काठमाडौं उपत्यकालगायत देशका सबैजसो जिल्लाहरुमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएका बेला दशैं शुरुभएको छ ।

दशैंका बेला आफन्तहरुको हातबाट टिका जमरा लगाउन र परिवार सँगै बसेर मिठो खाने प्रचलन रहेपछि यो वर्ष विगतका वर्षहरुमा जसरी दशैं मनाउने अवस्था छैन । सरकारले पनि आम नागरिकलाई ‘जहाँ जस्तो अवस्था हुनुहुन्छ त्यहि बसेर दशैं मनाउनु’ भनेर आग्रह गरिसकेको छ । दशैं मनाउन घरगाउँ फर्कँदा र एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना संक्रमण तिब्र बन्नसक्ने भन्दै विज्ञहरुले यसअघि नै विशेष सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिसकेका छन् ।

विशेष गरी बयोबृद्ध र बालबालिकालाई कोरोना संक्रमणको जोखिम बढी हुने भएको र दशैंका बेला आफन्त तथा मान्यजनको हातबाट टिका प्रसाद ग्रहण गर्दा कोरोना संक्रमण फैलनसक्ने भन्दै सरकार र तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका हुन् । एक संक्रमित व्यक्तिको कारण अन्य दर्जनौंमा कोरोना संक्रमण फैलन सक्ने भएकाले सबैले आ आफ्नो स्थानमा संयम र सजगता अपनाउनुपर्ने अहिलेको अवस्थामा जहाँ जस्तो अवस्थामा रहेको भएपनि सोही स्थानमा बसेर दशैैं मनाउन र सञ्चारको माध्यमबाट आफन्त तथा टाढा रहेका परिवारजनसँग चाडपर्व मनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरुको सुझाव रहेको छ ।

आम नागरिकहरुले पनि यो वर्ष आफू बसेकै ठाउँमा बसेर दशैं मनाउने तयारी गरेका छन् । दशैका बेला काठमाडौंलगायत देशका विभिन्न स्थानमा हुने चहलपहल पनि यो वर्ष देखिएको छैन । कोरोनाकै कारण बजारमा भिडभाड दैखिएको छैन भने विदेशबाट चाडपर्व मनाउन स्वदेश आउनेहरुको क्रमपनि ह्वात्तै घटको छ ।

विजयादशमी २०७७ को यो पावन अवसरमा वेस्टखबर डटकम पनि समस्त महानुभावमा विशेष सावधानी र सर्तकता अपनाएर सुरक्षित ढँगले दशैं मनाउन विशेष निवेदन सहित शुभकामना व्यक्त गर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

२०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...

Top