समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

Best Khabar Team | २०७७ भाद्र २७ गते शनिबार


१२ सेप्टेम्बर, २०२०
फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर समुदायका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले एकसाताको लागि सदरमुकाम सिल गरेको छ । समुदायस्तरमा आवतजात गरेका एकजना व्यक्तिमा कोरोना देखिएपछि आजदेखि लागूहुने गरी प्रमुख जिल्ला अधिकारीले एक साताका लागि जिल्ला सदरमुकाम सिल गरेको घोषणा गरेका हुन् ।

पर्वतमा पहिलो पटक क्वारेन्टाइन बाहिर समुदायका व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलन नदिन भन्दै स्थानीय प्रशासनले सदरमुकाम सिल गरेको हो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार कुस्माको बजार क्षेत्रमा पर्ने कुस्मा नगरपालिकाका अन्र्तगतको चार नम्बर वडामा औषधीलगायत अत्यावश्यकीय सेवा बाहेक अन्य सबै क्षेत्र १ साताका लागि बन्द गरिएको छ ।

वडा नम्बर चारका साथै ५, ६ र ७ मा पनि थप कडाई गरिएको बताइएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गरिएको र रिपोर्ट नआउञ्जेलका लागि आवागमनमा कडाई गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । केही दिनअघि कुश्मा नगरपालिका वडा न ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि बजार बन्द गर्ने निर्णय भएको हो ।

संक्रमितको सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्थानीय प्रशासनले स्वाब परीक्षण गरेको र त्यसको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...

कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार ! कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

Top