बाग्लुङ् ढोरपाटन बाढी अपडेट : १४ को शव भेटियो, ३८जना अझै वेपत्ता

Best Khabar Team | २०७७ भाद्र १९ गते शुक्रबार


०४ सेप्टेम्बर, २०२०
बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने स्थानीय भुजिखोलामा आएको बाढीमा वेपत्तामध्ये १४ जनाको शव भेटिएको छ । घटनामा परी अहिलेसम्म ३८ जना वेपत्ता भएको नगरपालिकाले जनाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षात्का कारण आएको बाढीका कारण स्थानीय ढोरपाटन नगरपालिकाको भुजिखोलाको किनाराका बस्तीहरु बगाएको थियो ।

तस्वीर साभार : स्थानीय पूर्ण विकको फेसबुकबाट ।

बुधबार मध्यरातमा एक्कासी खोलामा आएको बाढीले घर तथा बस्ती बगाउँदा स्थानीयले चालै पाएनन् । जतिले थाहापाए उनीहरुले भागेर जसोतसो ज्यान जोगाए र तर राति सुतेकाहरुलाई भुजिखोलाको बाढीले बगायो उनीहरुलाई खबर गर्न नै नभ्याएको घटनामा बाँचेकाहरु बताउँछन् । जसका कारण अहिलेसम्म ३८ जना वेपत्ता छन् । विशेष गरी बाढीका कारण भुजिखोलाको तटक्षेत्रमा रहेका वडा नम्बर ८, ७ र ९ को बस्तीमा ठूलो क्षति पुगेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर ९ बाट कुल ४१ जना वेपत्ता भएकोमा हालसम्म १४ जनाको शव भेटिएको छ । उनीहरुको गुल्मी जिल्लाको सिमामा शव भेटिएको बताइएको छ । प्राप्त जानकारी अनुसार बाढीबाट सो नगरपालिकाको वडा नम्बर ९ मा ७१ घर तथा ७ र ८ नम्बर वडाका करिब ३० घर बगाएको छ । बाढी स्थानीय वासिन्दाको सयौं पशु चौपायाहरु बगाएको छ । जसका कारण करोडौंको धनमाल नष्ट भएको छ ।

घटनालगत्तै स्थानीय ढोरपाटन शिकार आरक्षमा खटिएका सुरक्षाकर्मीले उद्दार शुरु गरेका थिए । अहिले पनि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली, स्थानीय वासिन्दालगायतले वेपत्ताहरुको खोजीकार्य जारी राखेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...

अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आज दिउँसो...

Top