शैक्षिक संस्था तत्काल नखुल्ने

Best Khabar Team | २०७७ भाद्र १४ गते आइतबार


३० अगस्ट, २०२०
काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै शिक्षार्थी भेला भएर सञ्चालन हुने शैक्षिक गतिविधि तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले देशव्यापी रुपमा शैक्षिक संस्था, (विद्यालय, क्याम्पस तथा विश्वविद्यालय) हरु कम्तीमा आगामी भदौ मसान्तसम्म सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना संक्रमणको संख्या ह्वात्तै बढेकाले भर्चुअल कक्षाबाहेक विद्यालयको भर्ना, पठनपाठन, क्याम्पसहरुमा हुने शैक्षिक गतिविधिलगायतलाई भदौ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयसमेतको समन्वयमा यो निर्णय गरिएको सरकारले जनाएको छ । सरकारले विशेष गरी विद्यालय, क्याम्पस, ट्युसन तथा कोचिङ्ग सेन्टर, तालिम केन्द्रलगायतलाई आगामी भदौ मसान्तसम्म सञ्चालनका लागि रोक लगाएको हो ।

यस्तै सभा, समारोह, गोष्ठी, तालिम, सेमिनार, विभिन्न खाले धार्मिक गतिविधि, विभिन्न खालका मेला, महोत्सव, भेला, प्रदर्शी, डान्सबार, सिनेमाहल, पौडी पोखरी, पार्टी प्यालेसलगायत भदौ मसान्तसम्मका लागि सञ्चालन नगर्न सबैमा अनुरोध गरेको छ ।

सरकारको यो निर्देशनलाई नमानेर यस्ता गतिवधि गरेमा कानुनी कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै

२०७६ आश्विन २५ गते शनिबार

१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक...

युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन् युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्

२०७९ फाल्गुन १५ गते सोमबार

२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...

Top