नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

Best Khabar Team | २०७७ भाद्र १० गते बुधबार


२६ अगस्ट, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला केहीदिनयता तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार अपरान्हसम्म देशभर कोरोना संक्रमितको संख्या झण्डै साढे ३४ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार अपरान्ह साढे ४ बजेसम्म देशभर कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

मन्त्रालयका अनुसार यसरी संक्रमित भएका मध्य साढे १९ हजार भन्दा बढी कोरोना भाइरस मुक्त भै घर फर्केका छन् भने १४ हजार ७ सय ३९ जना भने अहिले पनि देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात् ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २४ जना भक्तपुर जिल्लाभित्र बसोबास गर्ने ४७ जना ललितपुर तथा काठमाडौंमा बसोबास गर्ने २ सय ३० जना रहेका छन् ।देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा कोरोना भाइरसको प्रकोपका कारण ज्यान गुमाउनेको संख्या भने १ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सर्लाही, सुनसरी, धनुषा, चितवन, लमजुङ्ग, कैलाली बारा, प्युठान, काभ्रे, रौतहट, मकवानपुर, अछाम, रुकुम, धादिङ्गलगायतका जिल्लामा संक्रमित भेटिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो...

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

Top