Best Khabar Team | २०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला केहीदिनयता तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार अपरान्हसम्म देशभर कोरोना संक्रमितको संख्या झण्डै साढे ३४ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार अपरान्ह साढे ४ बजेसम्म देशभर कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

मन्त्रालयका अनुसार यसरी संक्रमित भएका मध्य साढे १९ हजार भन्दा बढी कोरोना भाइरस मुक्त भै घर फर्केका छन् भने १४ हजार ७ सय ३९ जना भने अहिले पनि देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात् ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २४ जना भक्तपुर जिल्लाभित्र बसोबास गर्ने ४७ जना ललितपुर तथा काठमाडौंमा बसोबास गर्ने २ सय ३० जना रहेका छन् ।देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा कोरोना भाइरसको प्रकोपका कारण ज्यान गुमाउनेको संख्या भने १ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सर्लाही, सुनसरी, धनुषा, चितवन, लमजुङ्ग, कैलाली बारा, प्युठान, काभ्रे, रौतहट, मकवानपुर, अछाम, रुकुम, धादिङ्गलगायतका जिल्लामा संक्रमित भेटिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस
२०७६ पुष १५ गते मंगलबार
०१ जनवरी, २०२० काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको...
नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका...
सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...
Top