Best Khabar Team | २०७७ भाद्र ६ गते शनिबार
२२ अगस्ट, २०२०
वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप २ जनाको ज्यान गएको छ । वीरगञ्जको विशेष कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा उनीहरुको गएराति र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्लाको बहुदरमाइ नगरपालिकास्थित डकैलाका एक पुरुषको आज बिहान कोरोना संक्रमणकै कारण ज्यान गएको हो । ६१ वर्षका उनमा सुगर तथा प्रेसरलगायतका अन्य दीर्घरोगहरुसमेत रहेको उनको परिवारले जनाएको छ । उनलाई साउनको अन्तिम साता अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।
भदौ ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो उनको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा निधन भएको बताइएको छ । यस्तै, सोही अस्पतालमा उपचाररत वीरगञ्जस्थित सुगौली गाँउका एक ५८ वर्षका पुरुषको पनि उपचारको क्रममा गएराति निधन भएको छ । उनमा पनि मृगौलासम्बन्धी समस्या रहेको बताइएको छ । हालसम्म पर्सामा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...
सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो
२०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा...
साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...
नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना...
Top