नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार


२१ अगस्ट, २०२०
जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण (सुनौलो रंगको) कछुवा फेला परेको छ । विश्वमा विरलै भेटिने र भगवान विष्णुको स्वरुप मानिने स्वर्ण रंगको कछुवा तराईको धनुषा जिल्लामा हालै फेला परेको हो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका एक स्थानीयले पहिलोपटक यो रंगको कछुवा देखेपछि स्थानीयले यसको जानकारी पाएका थिए ।

यसअघि यस्तो रंगको कछुवा विश्वमा हालसम्म ४ पटक मात्रै देखा परेको पशुपंक्षीको बारेमा विशेष अध्ययन गर्दै आएका विज्ञहरुको भनाई छ । नेपलमा भने यो पहिलोपटक देखिएको बताइएको छ । विभिन्न धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार पृथ्वीमा विभिन्न खाले संकट देखापरेका बेला त्यसबाट जोगाउनका लागि भगवान् विष्णुले स्वर्ण रंगको कछुवाको रुप लिएर पृथ्वीमा अवतरण गर्नेछन् ।

जसलाई भगवान् विष्णुको कुर्म अवतारको रुपमा पनि पुराणहरुमा उल्लेख गरिएको छ । यसैले स्वर्ण कछुवालाई भगवान् विष्णुकै रुपमा मान्ने प्रचलन रहेको छ । नेपालको धनुषा जिल्लामा फेला परेको स्वर्ण रंगको कछुवाको बारेमा अन्र्तराष्ट्रिय सञ्चारमाध्यम डेलिमेलले निक्कै महत्वका साथ समाचार छापेको छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने

२०७८ जेठ ११ गते मंगलबार

२५ मे, २०२१काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २०...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...

भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...

Top