Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०
जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण (सुनौलो रंगको) कछुवा फेला परेको छ । विश्वमा विरलै भेटिने र भगवान विष्णुको स्वरुप मानिने स्वर्ण रंगको कछुवा तराईको धनुषा जिल्लामा हालै फेला परेको हो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका एक स्थानीयले पहिलोपटक यो रंगको कछुवा देखेपछि स्थानीयले यसको जानकारी पाएका थिए ।

यसअघि यस्तो रंगको कछुवा विश्वमा हालसम्म ४ पटक मात्रै देखा परेको पशुपंक्षीको बारेमा विशेष अध्ययन गर्दै आएका विज्ञहरुको भनाई छ । नेपलमा भने यो पहिलोपटक देखिएको बताइएको छ । विभिन्न धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार पृथ्वीमा विभिन्न खाले संकट देखापरेका बेला त्यसबाट जोगाउनका लागि भगवान् विष्णुले स्वर्ण रंगको कछुवाको रुप लिएर पृथ्वीमा अवतरण गर्नेछन् ।

जसलाई भगवान् विष्णुको कुर्म अवतारको रुपमा पनि पुराणहरुमा उल्लेख गरिएको छ । यसैले स्वर्ण कछुवालाई भगवान् विष्णुकै रुपमा मान्ने प्रचलन रहेको छ । नेपालको धनुषा जिल्लामा फेला परेको स्वर्ण रंगको कछुवाको बारेमा अन्र्तराष्ट्रिय सञ्चारमाध्यम डेलिमेलले निक्कै महत्वका साथ समाचार छापेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको...
तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...
युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै
२०७६ चैत्र ४ गते मंगलबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...
Top