Best Khabar Team | २०७७ श्रावण ३२ गते आइतबार
१६ अगस्ट, २०२०
न्यूर्योक, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोर्बट ट्रम्पको निधन भएको छ । शनिबार न्यूर्योकस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल र सञ्चारकर्मीमाझ औपचारिक घोषणा गरेका छन् ।

७१ वर्षका रोबर्ट ट्रम्प पछिल्लो केही महिनायता विरामी रहेको बताईएपनि उनमा के समस्या थियो भन्ने विषयमा अहिलेसम्म केही खुलाईएको छैन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले पनि यसको औपचारिक पुष्टि गरेको छ । भाईको मृत्युहुनु केही समय अघिमात्रै शनिबार ट्रम्पले भाईलाई गएर अस्पतालमा भेटेका थिए ।
त्यसलगत्तै उनले आफ्नो भाई जीवनसँग अन्तिम संघर्ष गरिरहेको र अत्यन्तै कठिन परिस्थितिसँग जुधिरहेको बताएका थिए । आफ्नो जीवनमा सबैभन्दा मिल्ने साथीको भाई रोबर्ट भएको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । अब उसलाई कहिल्यै आफूले भेट्न नपाउने भन्दै उनले दुःख समेत व्यक्त गरेका छन् । ट्रम्पले अस्पतालमा गएर भाईलाई भेटेको केही घण्टापछि नै रोबर्टको निधन भएको अस्पतालले जनाएको छ । घरजग्गामा गरिने लगानी र त्यसको व्यवस्थापनलगायतका काममा पछिल्लो समयमा रोबर्ट सक्रिय रहेका थिए ।

विगत केही महिनादेखि रोबर्टले विरामीका कारण पटक पटक अस्पतालमा गएर उपचार गराईरहेका थिए । उनमा के समस्या थियो भन्ने विषयमा अहिलेसम्म जानकारी प्राप्त हुन नसकेको सिएनएनले पनि आफ्नो अनलाईन समाचारमा उल्लेख गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो
२०७७ श्रावण ४ गते आइतबार
१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर...
नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन
२०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित...
मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता
२०७७ श्रावण १४ गते बुधबार
२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा...
मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान
२०८० आश्विन २९ गते सोमबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...
Top