Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ सय २७ सहित देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये १ सय ११ जना काठमाडौं जिल्लाभित्र बस्ने बासिन्दा भएको बताइएको छ । ललितपुरमा ११ जना र भक्तपुरमा थप ५ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा मोरङ्गका ५७ वर्षका एकजना पुरुष, धनुषाका ८५ वर्षकी महिला, अछामका १८ वर्षका एक युवक र महोत्तरीका ५७ वर्षका एक पुरुष रहेका छन् ।
अहिलेसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । यस्तै देशभरबाट हालसम्म १६ हजार ८ सय २७ जना कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् । पछिल्ला दिनहरुमा भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउनेहरुको संख्या बढेसँगै लकडाउन पनि खुल्ला भएका कारण संक्रमितको संख्या बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...
गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...
चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...
नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व
२०८२ भाद्र २८ गते शनिबार
नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...
Top