उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार


१३ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ सय २७ सहित देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये १ सय ११ जना काठमाडौं जिल्लाभित्र बस्ने बासिन्दा भएको बताइएको छ । ललितपुरमा ११ जना र भक्तपुरमा थप ५ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा मोरङ्गका ५७ वर्षका एकजना पुरुष, धनुषाका ८५ वर्षकी महिला, अछामका १८ वर्षका एक युवक र महोत्तरीका ५७ वर्षका एक पुरुष रहेका छन् ।

अहिलेसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । यस्तै देशभरबाट हालसम्म १६ हजार ८ सय २७ जना कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् । पछिल्ला दिनहरुमा भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउनेहरुको संख्या बढेसँगै लकडाउन पनि खुल्ला भएका कारण संक्रमितको संख्या बढेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित) कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

२०७६ चैत्र ३० गते आइतबार

पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको...

चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...

सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

Top