चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

Best Khabar Team | २०७६ माघ २० गते सोमबार


०३ फेब्रुअरी, २०२०
बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा मात्रै हालसम्म ३ सय ६१ जनाले ज्यान गुमाएका छन् । यसअघि २ सय १३ जनाको ज्यान गएको तथ्यांक बाहिर आएपनि ४ दिनभित्रमा थप १ सय ४८ जनाको मृत्यु भएको तथ्यांक बाहिर आएको छ ।

चीनियाँ सञ्चारमाध्यमहरुका अनुसार कोरोनाबाट अति प्रभावित चीनको वुहान शहर र आसपासका क्षेत्रका संक्रमणमितहरुकै उपचारका क्रममा ज्यान गएको हो । यसअघि बिहीबारसम्म २ सय १३ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरिएको भएपनि आज सार्वजनिक गरिको तथ्यांकमा मृतकको संख्या बढेको देखाइएको छ । यो रोगका कारण संक्रमित भएका हजारौंको अहिले स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

नेसनल हेल्थ कमिसनले जारी गरेको बुलेटिन अनुसार मृतकमध्ये अहिलेसम्म १ जनाको मात्रै चीन बाहिर ज्यान गएको छ त्यो एक फिलिपिनि नागरिक हुन् । सरकारले संक्रमितहरुको उपचारका लागि भन्दै रातारात अस्पताल बनाएर उनीहरुलाई निगरानीमा राखेर उपचार थालेको छ । चीनबाट फैलिएको कोराना विश्वव्यापी बन्दै गएपछि यसको संक्रमणको जोखिम पनि बढ्दो छ । यस्तै, विश्व स्वास्थ्य संगठनले पनि विश्वव्यापी रुपमा स्वास्थ्य क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’ भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...

कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’ कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

Top