Best Khabar Team | २०७७ श्रावण २५ गते आइतबार
०९ अगस्ट, २०२०
लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल भर्ना भएका एक पुरुषको गएराति कोरोना संक्रमणका कारण कारण ज्यान गएको छ । यहाँस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोरखा उप महानगरपालिकाका वडा नम्बर ११ का ६२ वर्षका पुरुषको गएराति उपचारकै क्रममा ज्यान गएको हो ।

उनको स्वाब संकलनको रिपोर्टमा पोजेटिभ रिपोर्ट आएको आस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको साउन १७ गते उनी अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालको अति सघन कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो । उपचारकै क्रममा उनको गएराति निधन भएको र उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएको छ । उनको मृत्युसँगै उपचारमा संलग्न चिकित्सक तथा उनका सम्पर्कमा रहेका अन्यको कन्याट ट्रेसिङ्गको काम शुरुभएको अस्पालले जनाएको छ ।
उनी पछिल्लो ६ महिनायता विदेश तथा अन्यत्र कतै नगएको उनको परिवारका सदस्यहरुले जनाएका छन्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...
चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
Top