भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार


०७ अगस्ट, २०२०
नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक बिमान आज साँझ भारतको केरलास्थित कोज्इकोदे विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी विमानका २ जना पाइलटसहित कम्तीमा १६ जना यात्रुको ज्यान गएको टाइम्स अफ इन्डियाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

चालकदलका सदस्यसहित १ सय ९० जना सदस्य लिएर केरला आएको सो विमान विमास्थलमा अवतरणका दुर्घटनामा परेको हो । विमानस्थलमा विमान अवतरणका क्रममा पानी परिरहेको र सोही कारण विमान चिप्लिएर विमान दुर्घटनामा परेको अनुमान गरिएको छ । विमान दुर्घटना भएलगत्तै दुई टुक्रा भएको थियो । एयर इन्डियाको आईएक्स १३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमै ११ जनाको ज्यान गएको भएपनि पनि थप ५ जनाको उपचारको क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा कम्तीमा १ सय जना घाइते भएका छन् । घाइतेहरुको केरलाका स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’ कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’

२०७७ जेठ १० गते शनिबार

सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...

प्रधानमन्त्रीलाई एउटा दाइको खुला पत्र प्रधानमन्त्रीलाई एउटा दाइको खुला पत्र

२०७६ माघ २६ गते आइतबार

कृष्णज्वाला देवकोटा – प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको...

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

२०७६ चैत्र ६ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...

युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ मड्रिड । नेपालका गुरुङ समुदायले आज...

Top