Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०
न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले कोरोना विरुद्धको खोप लगाएका छन् । हालै आम नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने अनुमति पाएसँगै नवनिर्वाचित राष्ट्रपति वाइडेनलाई पनि चिकित्सकहरुको टोलीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाईदिएको हो ।

अमेरिकाको डेलावरस्थित आफै घर रहेको राज्यमा उनले कोरोना भ्याक्सिनको पहिलो डोज लिएको सिएनएनले उल्लेख गरेको छ । उनले खोप लिएको दृष्यहरुलाई टेलिजिभनहरुले प्राथमिकताका साथ प्रत्यक्ष प्रशारण गरेका थिए । स्थानीय त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाको हातबाट वाईडेनले कोरोनाको खोप लिएका हुन् ।
खोप उत्पादन र लगाउन सहयोग गर्ने स्वास्थ्य कर्मचारीहरुलाई बाईडेनले सामाजिक सञ्जालमार्फत् बधाई समेत दिएका छन् । उनले अब कोरोनाबाट त्रसित बन्नुपर्ने अवस्था नरहेको भन्दै आम नागरिकलाई सतर्क तथा सकारात्मक बन्न आग्रह गरेका छन् ।
कोरोनाविरुद्ध अमेरिका र जर्मनले विकास गरेको भ्याक्सिनको प्रभावकारीता ९५ प्रतिशतसम्म रहेको विज्ञहरुले बताएका छन् । अमेरिका, बेलायत रुसलगायतका देशले भ्याक्सिनको प्रयोग थालिसकेका छन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...
गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...
स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...
भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
Top