नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार


२२ डिसेम्बर, २०२०
न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले कोरोना विरुद्धको खोप लगाएका छन् । हालै आम नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने अनुमति पाएसँगै नवनिर्वाचित राष्ट्रपति वाइडेनलाई पनि चिकित्सकहरुको टोलीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाईदिएको हो ।

अमेरिकाको डेलावरस्थित आफै घर रहेको राज्यमा उनले कोरोना भ्याक्सिनको पहिलो डोज लिएको सिएनएनले उल्लेख गरेको छ । उनले खोप लिएको दृष्यहरुलाई टेलिजिभनहरुले प्राथमिकताका साथ प्रत्यक्ष प्रशारण गरेका थिए । स्थानीय त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाको हातबाट वाईडेनले कोरोनाको खोप लिएका हुन् ।

खोप उत्पादन र लगाउन सहयोग गर्ने स्वास्थ्य कर्मचारीहरुलाई बाईडेनले सामाजिक सञ्जालमार्फत् बधाई समेत दिएका छन् । उनले अब कोरोनाबाट त्रसित बन्नुपर्ने अवस्था नरहेको भन्दै आम नागरिकलाई सतर्क तथा सकारात्मक बन्न आग्रह गरेका छन् ।

कोरोनाविरुद्ध अमेरिका र जर्मनले विकास गरेको भ्याक्सिनको प्रभावकारीता ९५ प्रतिशतसम्म रहेको विज्ञहरुले बताएका छन् । अमेरिका, बेलायत रुसलगायतका देशले भ्याक्सिनको प्रयोग थालिसकेका छन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विरलै  देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो ) विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...

थपिए ३ कोरोना संक्रमित, भोजपुरमा पनि भेटिए नयाँ विरामी थपिए ३ कोरोना संक्रमित, भोजपुरमा पनि भेटिए नयाँ विरामी

२०७७ बैशाख ११ गते बिहिबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

Top