नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार


२७ मे, २०२०
पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज एकैदिन देशका विभिन्न जिल्लामा थप १ सय २९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९ सय १ पुगको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज झापा, रौतहट, बाग्लुङ्ग, बारा, मकवानपुर, धनुषालगायतका जिल्लामा थप संक्रमित फेला परेका छन् । सप्तरीमा आज ११ जनामा कोरोना संक्रमण देखिएको छ भने रौतहटका ७ र बाराका ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाग्लुङ्गका ८ जना युवकमा कोरोना संक्रमण देखिएको छ । यता रुकुम पूर्वका ३, दाङका १५ र बाँकेमा १६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिलामा पनि कोरोना देखिएको छ ।

बझाङ्गका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि आजै बिहान देशका विभिन्न स्थानमा करिब ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म देशभर ८ सय ५ जना पुरुष र ९६ जन महिलामा कोरोना संक्रमण देखिएको छ भने १ सय ९५ जना उपचारपछि घर फर्केका छन् । ४ जनाको हालसम्म कोरोनाकै कारण ज्यान गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...

लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

विरलै  देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो ) विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...

Top