Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०
पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज एकैदिन देशका विभिन्न जिल्लामा थप १ सय २९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९ सय १ पुगको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज झापा, रौतहट, बाग्लुङ्ग, बारा, मकवानपुर, धनुषालगायतका जिल्लामा थप संक्रमित फेला परेका छन् । सप्तरीमा आज ११ जनामा कोरोना संक्रमण देखिएको छ भने रौतहटका ७ र बाराका ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाग्लुङ्गका ८ जना युवकमा कोरोना संक्रमण देखिएको छ । यता रुकुम पूर्वका ३, दाङका १५ र बाँकेमा १६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिलामा पनि कोरोना देखिएको छ ।
बझाङ्गका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि आजै बिहान देशका विभिन्न स्थानमा करिब ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म देशभर ८ सय ५ जना पुरुष र ९६ जन महिलामा कोरोना संक्रमण देखिएको छ भने १ सय ९५ जना उपचारपछि घर फर्केका छन् । ४ जनाको हालसम्म कोरोनाकै कारण ज्यान गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते
२०८२ श्रावण ५ गते सोमबार
ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको...
स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...
बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...
जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस
२०७६ पुष १५ गते मंगलबार
०१ जनवरी, २०२० काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको...
Top