कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय

Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार


०७ अगस्ट, २०२०
काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । विशेष गरी सवारी साधन र अन्य पसल तथा उद्योगधन्दा खुलेसँगै मानिसहरुको चाप र गतिविधि बढ्न थालेको छ । यसैका कारण कोरोना संक्रमितको संख्या बढेको ठहरसहित उपत्यकामा सरकारी कामकाज तथा अन्य गतिविधिमा कडाई गरिने भएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि भिडभाड हुने ठाउँ तथा अन्य क्षेत्रहरुका गतिविधि तथा कामहरु सिमित बनाउने निर्णय प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको हो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाहरु आकस्मिकबाहेक अन्य सबै १५ दिनका लागि बन्द भएको छ । अन्य सरकारी कार्यालय तथा सेवा प्रवाह गर्नेहरुको हकमा भने सम्बन्धित कार्यालयले निर्णय गर्ने भएको छ ।

सरकारले कोरोना संक्रमितको संख्या बढ्न नदिनका लागि बिहीबारदेखि उपत्यकामा जोर विजोर गरेर सवारी साधन चलाउने निर्णय गृहमन्त्रालयले यसअघि नै गरिसकेको छ । यस्तै बढी संक्रमित भेटिएका स्थानमा तत्काल सो क्षेत्र सिल गर्ने निर्णय पनि प्रमुख जिल्ल अधिकारीहरुले गरेका छन् । माक्स र सेनिटाईटरको प्रयोग अनिवार्य गर्ने सहमति बैठकमा बनेको छ ।

अवस्था थप जटिल बन्दै गएको अवस्थामा भने आवश्यक परे पुनः लकडाउन नै गर्न सकिने विषयमा आजको बैठकमा छलफल भएको बताइएको छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’ नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी  मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...

Top