लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार


०५ अगस्ट, २०२०
बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एउटा गोदाममा भएको भयानक विस्फोटमा परी लेबनानमा कम्तीमा ७८ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लेबननको राजधानी बेरुतमा रहेको एउटा विस्फोटक पदार्थले भरिएको घरमा एक्कासी विस्फोट भएको थियो ।

घटना मंगलबारको हो । सो घटनामा परी कम्तीमा ५ हजार जना घाइते भएको बताइएको छ । घाइतेहरुलाई अहिले राजधानी बेरुत र आसपासका अन्य शहरका अस्पतालहरुमा उपचारार्थ भर्ना गरिएका छन् । घाइतेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । विस्फोट यति भयानक थियो कि जसका कारण शहरका प्राय सबै क्षेत्रमा कम्पन महशुस भएको थियो । झण्डै ३ हजार टन नाइट्रेड थुपारिएर राखिएको गोदाम किन र के कारणले विस्फोट भयो भन्ने खुल्न सकेको छैन । घटनाको विषयमा यहाँको सरकारले अनुसन्धान शुरु गरेको छ ।

विस्फोटका दृश्यहरु विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ । विस्फोटपछि सिँगो शहर धुँवाको मुस्लोमा रुमलिएको देख्न सकिन्छ । यस्तै विस्फोटबाट हजारौं गाडी तथा अन्य भौतिक संरचनाहरुमा क्षति पुगेको छ । सो गोदाम सन् २०१४ को मध्यतिरबाट सञ्चालनमा आएको बताइएको छ ।

विशेष गरी अव्यवस्थित तरिकाले भण्डारण गरिएका विस्फोटक पदार्थहरुकै कारण त्यहाँ विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ । घटनालगत्तै यहाँको सरकारले सिँगो देशभर आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

विस्फोटपछि भएको आगलागी अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन तथा घाइतेको उद्दारका लागि अहिले सयौं प्रहरी तथा स्वयंसेवकहरु शहरका विभिन्न भागमा खटिएका छन् ।

https://twitter.com/i/status/1290675854767513600
विस्फोटको बारेमा ट्वीटरमा सार्वजनिक भएको भिडियो ।


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...

चरित्र अभिनेता ठकुरीको निधन चरित्र अभिनेता ठकुरीको निधन

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...

४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो ४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...

दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...

Top