काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा केहीबेर अघि सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा २४ घण्टा यता थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणको रिर्पोट अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जस अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा थप दुई जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । उपत्यकामा ४५ सहित देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । यस्तै हालसम् १४ हजार २ सय ४८ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्केका छन् भने ४९ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको...

नवरात्रको नवौ दिन : महानवमी पर्व धुमधामका साथ मनाईँदै, शक्तिपीठमा भक्तजनको भीड नवरात्रको नवौ दिन : महानवमी पर्व धुमधामका साथ मनाईँदै, शक्तिपीठमा भक्तजनको भीड

२०८० कार्तिक ६ गते सोमबार

२३ अक्टोबर, २०२३काठमाडौं । विजयादशमी अन्तर्गत नवरात्रको आज नवौं...

युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर) युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)

२०८१ पुष ११ गते बिहिबार

२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...

Top