Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा केहीबेर अघि सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा २४ घण्टा यता थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणको रिर्पोट अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जस अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा थप दुई जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । उपत्यकामा ४५ सहित देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । यस्तै हालसम् १४ हजार २ सय ४८ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्केका छन् भने ४९ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि
२०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...
झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...
चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...
धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
Top