देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि बन्द रहेको र कोरोना संक्रमितलाई लक्षित गर्दै बनाइएको देशभरका विद्यालयको क्वारेन्टाइन स्थल हटाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन स्थल र आइसोलेसन स्थललाई हटाउने निर्णय गरेको हो ।

क्वारेन्टाइनका लागि प्रयोग भएको विद्यालय । फाइल तस्वीर ।

गत चैत्र ५ गते देशभर लकडाउन शुरुभएसँगै सरकारले देशका दर्जनौं विद्यालयहरुलाई क्वारेन्टाइन स्थल र आइसोलेसनको रुपमा विकसित गरेको थियो । सम्भावित कोरोना जोखिम र त्यसको व्यवस्थापनका लागि भन्दै सरकारले देशका सबै प्रदेशका विभिन्न वडामा रहेका विद्यालयहरुमा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष बनाएको थियो । विशेष गरी तराईका जिल्लाहरुमा धेरै मात्रामा विद्यालयहरु यो प्रयोजनका लागि प्रयोग गरिएको छ ।

भारतमा काम गरेर फर्कने तराई क्षेत्रका नागरिकलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती तराईका जिल्लाहरुका सयौं विद्यालयहरुमा अहिले पनि क्वारेन्टाइन र आइसोलेसन कक्ष रहेको छ । तर सरकारले अब भदौ १ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न र अवस्था हेरेर विद्यालय सञ्चालनको तयारी गरेसँगै देशभरका आइसोलसन र क्वारेन्टाइन सेन्टर हटाउने निर्णय गरेको हो ।

आइसोलेसन केन्द्र हटाएसँगै ती क्षेत्रमा आवश्यक सरसफाई तथा भाईरसको संभावित जोखिमलाई हटाउन राम्ररी निर्मलीकरण गर्नका लागि पनि सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई आग्रह गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । सरकारले भदौ १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान शुरु गर्ने तयारी गरेसँगै विद्यालयहरुले पनि पाठ्यपुस्तक वितरण तथा अन्य आवश्यक तयारी अघि बढाएका छन् । यद्यपि नेपालमा कोरोनाको जोखिम बढ्दै गएका कारण तत्काल विद्यालयहरुमा पठनपाठन हुनेमा भने आशंका नै देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...

कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द,  ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित) कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

२४ घण्टामा थपिए २१३ जना संक्रमित २४ घण्टामा थपिए २१३ जना संक्रमित

२०७७ जेठ २५ गते आइतबार

०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप...

विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित) विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका...

Top