देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि बन्द रहेको र कोरोना संक्रमितलाई लक्षित गर्दै बनाइएको देशभरका विद्यालयको क्वारेन्टाइन स्थल हटाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन स्थल र आइसोलेसन स्थललाई हटाउने निर्णय गरेको हो ।

क्वारेन्टाइनका लागि प्रयोग भएको विद्यालय । फाइल तस्वीर ।

गत चैत्र ५ गते देशभर लकडाउन शुरुभएसँगै सरकारले देशका दर्जनौं विद्यालयहरुलाई क्वारेन्टाइन स्थल र आइसोलेसनको रुपमा विकसित गरेको थियो । सम्भावित कोरोना जोखिम र त्यसको व्यवस्थापनका लागि भन्दै सरकारले देशका सबै प्रदेशका विभिन्न वडामा रहेका विद्यालयहरुमा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष बनाएको थियो । विशेष गरी तराईका जिल्लाहरुमा धेरै मात्रामा विद्यालयहरु यो प्रयोजनका लागि प्रयोग गरिएको छ ।

भारतमा काम गरेर फर्कने तराई क्षेत्रका नागरिकलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती तराईका जिल्लाहरुका सयौं विद्यालयहरुमा अहिले पनि क्वारेन्टाइन र आइसोलेसन कक्ष रहेको छ । तर सरकारले अब भदौ १ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न र अवस्था हेरेर विद्यालय सञ्चालनको तयारी गरेसँगै देशभरका आइसोलसन र क्वारेन्टाइन सेन्टर हटाउने निर्णय गरेको हो ।

आइसोलेसन केन्द्र हटाएसँगै ती क्षेत्रमा आवश्यक सरसफाई तथा भाईरसको संभावित जोखिमलाई हटाउन राम्ररी निर्मलीकरण गर्नका लागि पनि सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई आग्रह गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । सरकारले भदौ १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान शुरु गर्ने तयारी गरेसँगै विद्यालयहरुले पनि पाठ्यपुस्तक वितरण तथा अन्य आवश्यक तयारी अघि बढाएका छन् । यद्यपि नेपालमा कोरोनाको जोखिम बढ्दै गएका कारण तत्काल विद्यालयहरुमा पठनपाठन हुनेमा भने आशंका नै देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...

हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु

२०७७ असार १४ गते आइतबार

२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

Top