५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


३० जुलाई, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण विगत ५ महिनादेखि बन्द रहेका होटलहरु आजदेखि पुनः सञ्चालनमा आएका छन् । होटल खुलेपनि पर्यटक एवं पाहुनाको भने अत्तोपत्तो छैन । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले विश्वभर पर्यटकीय गतिविधिहरु ठप्प प्राय भै रहेका बेला नेपालमा सरकारले गएको साउन ७ गते रातिदेखि लकडाउन खुल्ला गर्ने निर्णय गरेको थियो ।

तस्वीर : ठमेल इको रिसोर्ट ।

सरकारले साउन १५ देखि निश्चित मापदण्ड बनाएर होटल सञ्चालन गर्न दिने निर्णय गरेसँगै आजदेखि देशभरका पर्यटकीय होटलहरु सञ्चालनमा आएका हुन् । सरकारले कडा मापदण्डसहित होटल सञ्चालनका लागि अनुमति दिएको भएपनि विदेशबाट पर्यटक आउने स्थल तथा हवाई मार्ग भदौ १ गतेसम्म बन्द रहेका कारण होटलमा तत्काल पाहुना आउने सम्भावना नरहेको व्यवसायीहरु बताउँछन् । यस्तै उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि तत्काल होटलहरुले आन्तरिक पाहुना पनि पाउने सम्भावना देखिँदैन ।

काठमाडौंको पर्यटकीय स्थल ठमेलमा ‘ठमेल इको रिसोर्ट’ नामक होटल सञ्चालन गर्दै आएका व्यवसायी मोहन लम्साल होटल सञ्चालन गर्दा नाफा भन्दा घाटा बढी रहेको बताउँछन् । अहिले होटलको ‘अपरेटिङ्ग कस्ट’ नै नउठ्ने भन्दै उनी आगामी सिजनका लागि अहिलेदेखि नै तयारीमा लाग्नका लागि आफूहरुसँग विकल्प नभएकोमा जोड दिन्छन् ।

‘अरु बेला जस्तो अहिले अवस्था सहज छैन । विश्वभर नै कोरोनाको त्रास जारी छ । पर्यटकहरु पहिले जस्तो स्वतन्त्र भएर घुम्न डुल्न सक्ने अवस्थामा छैन । विमानस्थल र नाका खुलि हालेपनि पनि विभिन्न देश (ट्रान्जिट) हुँदै आउने पर्यटकहरुले गतन्यसम्म पुग्न निक्कै झण्झट बेहोर्नुपर्ने हुन्छ ।त्यसैले तत्काल व्यवसायले पिकअप लिने अवस्था देख्दिनँ ।’ व्यवसायी लम्साल बताउँछन् ।’

‘अरु बेला जस्तो अहिले अवस्था सहज छैन । विश्वभर नै कोरोनाको त्रास जारी छ । पर्यटकहरु पहिले जस्तो स्वतन्त्र भएर घुम्न डुल्न सक्ने अवस्थामा छैन । विमानस्थल र नाका खुलि हालेपनि पनि विभिन्न देश (ट्रान्जिट) हुँदै आउने पर्यटकहरुले गतन्यसम्म पुग्न निक्कै झण्झट बेहोर्नुपर्ने हुन्छ ।

त्यसैले तत्काल व्यवसायले पिकअप लिने अवस्था देख्दिनँ । ’ व्यवसायी लम्साल बताउँछन् । सरकारले होटल व्यवसायीले कोरोनाका कारण भोग्नु परेको आर्थिक क्षतिलाई मध्यनजर गर्दै काठमाडौंका केही होटलहरुलाई विदेशबाट फर्केनेहरुका लागि क्वारेन्टाइन बनाउने निर्णय गरेको भएपनि यो प्रभाकारी बन्न सकेको छैन ।

कतिपय होटलहरुले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै होटल तथा रेस्टुरेन्टमा करोडौं खर्च गरेर तयारी गरेका थिए । तर पर्यटन वर्षको मुखैमा विश्वव्यापी महामारी बनेको कोरोनाका कारण नेपालको समेत पर्यटन बजार ध्वस्त भयो । जसका कारण बैंकबाट लिएको चर्को ब्याज र किस्ता तिर्नुपर्ने बाध्यता भएकाहरुलाई ठूलो समस्या परेको छ । ‘बैंकको ब्याज र किस्ता तिर्न नसकेपछि कतिपय व्यवासायीहरु भने यो पेशाबाट पलायन नै भै सकेको छन् । एकातिर घरको चर्को भाडा अर्कोतर्फ बैंकको ब्याज र किस्ता । व्यवसाय नै बन्द भएपछि आन्दानीको स्रोत बन्द हुने नै भयो ।’ त्यसैले यो पेशा छाडनुपरेको हो भन्छन् ठमेलका एकजना पूर्व होटल व्यवसायी ।

तस्वीर : ठमेल इको रिसोर्ट ।

आजबाट काठमाडौंलगायत देशका सबै पर्यटकीय शहरका होटलहरु सञ्चालनमा आएको भएपनि ५ महिनादेखि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटकको चाप सून्य छ । कोरोनाका कारण नेपाल आउन लागेका लाखौं पर्यटकले अन्तिम समयमा आएर आफ्नो नेपाल भ्रमण रद्द गर्नुका साथै होटल, रिसोर्टको बसाई एवं अन्य विभिन्न पर्यटकीय गतिविधिको लागि गरिएको पूर्व बुकिङ्ग क्यान्सिल गरेका थिए ।

खुलेका होटलहरुलाई पनि सरकारले आवश्यक पर्दा चाहिने क्यारेन्टाइन देखि एकपटक होटलमा पर्यटक पसेपछि २४ घण्टासम्म अर्को पर्यटकलाई सोही रुममा राख्न नपाउने तथा अनिवार्य रुपमा दिनमा ३/४ पटकसम्म विशेष सरसफाई गर्नका लागि निर्देशन जारी गरेको छ ।

जसका कारण पनि तत्काल पर्यटक होटलमा गएर बसिहाल्ने सहज अवस्था देखिँदैन । कोरोनाका कारण विशेष गरी नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै पर्यटक केन्द्रीत होटल, रेस्टुरेन्ट, राफ्टिङ्ग, ट्रेकिङ्ग, ट्राभल्सलगायत सञ्चालन गर्दै आएका व्यवसायीहरुले सरकारबाट विशेष राहत प्याकेजको माग गर्दै आरहेका छन् ।

आफूले व्यवसाय सञ्चालन हुँदा राज्यलाई तिर्नुपर्ने सम्पूर्ण करहरु तिरेको भन्दै अहिलेको अवस्थामा सरकारले व्यवसायीको मर्का बुझिदिन उनीहरुले पटक पटक सरकारलाई आग्रह गरिरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
Nepal’s Mount Everest seen from Bihar India by open eyes Nepal’s Mount Everest seen from Bihar India by open eyes

२०७७ बैशाख २३ गते मंगलबार

A picture of the the snow-capped peaks of the...

२४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित २४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित

२०७६ चैत्र २७ गते बिहिबार

०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...

यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला

२०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...

यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र

२०२६ पुष १७ गते बिहिबार

२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...

Top