Best Khabar Team | २०७७ श्रावण १४ गते बुधबार
२९ जुलाई, २०२०
मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ मा पर्ने माल्कोटमा घरमाथिको जमिन पहिरिएपछि स्थानीय गंगे बुढाको घर पुगेको थियो । मध्यरातमा सुतिरहेका बेला एक्कासी खसेको पहिरोले घर पुर्दा गंगे बुढासहित उनकी श्रीमती, बुहारी र नातिनीको ज्यान गएको हो ।

सो घटनामा परी अरु २ जना वेपत्ता भएको नरहरीनाथ गाउँपालिकाले जनाएको छ माल्कोटको बागामा भएको सो घटनामा हराईरहेका दुईजना बालक ७ वर्षका रामबहादुर बुढा र करिब २ वर्षका चरित्र बुढाको खोजी कार्य जारी रहेको छ । सोही गाउँपालिकाको वडा नम्बर नम्बर ४ माझगोठीमामा पनि पहिरोमा परी स्थानीय बाले बुढा र उनकी श्रीमती वेपत्ता भएकी छन् । घर माथिको थाप्लोबाट खसेको पहिरोले घर बगाउँदा बुढा दम्पत्ति वेपत्ता भएका हुन् ।
वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण कालीकोटका विभिन्न भागमा पहिरोले ठूलो क्षति पु-याएको छ । विशेष गरी कच्ची सडक आसपासका बस्तीहरु जोखिममा परेका छन् । यसैपनि विकट कालिकोटमा वर्षात्का कारण सदरमुकामसँगको सडक सञ्जाल टुटेपछि कतिपय गाउँका स्थानीय वासिन्दामा दैनिक उपभोग्य बस्तुको अभावसमेत देखिन थालेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...
पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...
डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस...
Top