Best Khabar Team | २०७७ श्रावण १४ गते बुधबार
२९ जुलाई, २०२०
मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ मा पर्ने माल्कोटमा घरमाथिको जमिन पहिरिएपछि स्थानीय गंगे बुढाको घर पुगेको थियो । मध्यरातमा सुतिरहेका बेला एक्कासी खसेको पहिरोले घर पुर्दा गंगे बुढासहित उनकी श्रीमती, बुहारी र नातिनीको ज्यान गएको हो ।

सो घटनामा परी अरु २ जना वेपत्ता भएको नरहरीनाथ गाउँपालिकाले जनाएको छ माल्कोटको बागामा भएको सो घटनामा हराईरहेका दुईजना बालक ७ वर्षका रामबहादुर बुढा र करिब २ वर्षका चरित्र बुढाको खोजी कार्य जारी रहेको छ । सोही गाउँपालिकाको वडा नम्बर नम्बर ४ माझगोठीमामा पनि पहिरोमा परी स्थानीय बाले बुढा र उनकी श्रीमती वेपत्ता भएकी छन् । घर माथिको थाप्लोबाट खसेको पहिरोले घर बगाउँदा बुढा दम्पत्ति वेपत्ता भएका हुन् ।
वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण कालीकोटका विभिन्न भागमा पहिरोले ठूलो क्षति पु-याएको छ । विशेष गरी कच्ची सडक आसपासका बस्तीहरु जोखिममा परेका छन् । यसैपनि विकट कालिकोटमा वर्षात्का कारण सदरमुकामसँगको सडक सञ्जाल टुटेपछि कतिपय गाउँका स्थानीय वासिन्दामा दैनिक उपभोग्य बस्तुको अभावसमेत देखिन थालेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ब्रह्मलीन भए नेपाली सांगीतिक आकाशका ‘रत्न’ अर्थात् रत्नशमशेर थापा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा...
फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो...
नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी
२०७७ श्रावण १ गते बिहिबार
१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...
एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...
Top