Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०
काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो अबैध सम्भावित सुनसहित २ वटा पेस्तोल बरामद गरेको छ । यद्यपि बरामद गरिएको सुन कुन ‘क्याटेगोरिको’ हो भन्ने विषयमा प्रहरीले परीक्षण शुरु गरेको बताइएको छ । हेर्दा सुनजस्तो पहँलो धातु देखिएको सो सुन तस्करहरुले नेपाल भित्र-याइको हुनसक्ने आशंका प्रहरीको छ । गाडीमा आएका दुईजना तस्करहरुले कमलादीमा बिहान सो सम्भावित सुनको झोला फालेर भागेका थिए ।

गाडीमा सून छ भन्ने सूचना पाएको प्रहरीले सो गाडीलाई पछ्याउँदै गर्दा उनीहरुले सो झोला फालेर हिँडेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले सो परिमाणमा सून बरामद गरेको हो । प्रत्यक्षदर्शी स्थानीयले बिहान ९ बजेतिर प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरुले सुनको झोला फालेर भागेको बताएका छन् ।
सो सुन कसले र कुन प्रयोजनका लागि नेपाल भित्र्या-एको हो भन्ने विषयमा केही खुल्न सकेको छैन । सुन राखिएको झोलामै २ थान हतियार (पेस्तोल) समेत भेटिएको प्रहरीको भनाई छ । मुलुकमा लकडाउन पूर्णरुपमा नहट्दै र आन्तरिक तथा बाह्य सेवाका नियमित उडानहरुसमेत सूचारु नहुँदै यतिधेरै परिमाणमा अबैध सुन भित्रनुलाई निक्कै अर्थपूर्णरुपमा हेरिएको छ । अहिलेसम्म गाडीको नम्बर तथा गाडीमा सवार ती सम्भावित तस्करहरुको बारेमा प्रहरीले केही जानकारी सार्वजनिक गरेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...
अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण
२०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा...
Top