Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०
काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि देशव्यापी रुपमा लकडाउन हटेको (केही निश्चित स्थानमा भदौ १ सम्म कायम रहेको) बताएसँगै देशका विभिन्न जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । लकडाउन खुलेसँगै सप्तरी, राजविराज र काठमाडौंलगायतका जिल्लामा भेटिएका कोरोना संक्रमित र संक्रमणको प्रकृति हेर्दा कोरोना भाइरसले समुदायभित्र प्रभाव देखाउन थालेको भेटिएको विज्ञहरुले बताएका छन् ।

राजविराजमा केहीदिनअघि भारतमा उपचार गराएर फर्किएका एक स्थानीय व्यापारीमा शुरुमा कोरोना देखिएको भएपनि उनको माध्यमबाट अरु २७ जनामा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । यस्तै केही समयअघि काठमाडौंको असनमा पनि एकजना व्यापारीमा कोरोना संक्रमण भेटियो ।
उनीपनि केहीदिन अघि भारतबाट नेपाल फर्केका थिए । उनी नेपाल आएर पसलमा काम शुरुगरेलगत्तै उनीमार्फत् परिवारका अन्य सदस्यहरुमा पनि कोरोना फैलिएको थियो । उनमा कोरोनासँग मिल्दोजुल्दो आधादर्जन बढी लक्षणहरु देखिएको चिकित्सकहरु बताउँछन् । यसअघिसम्म विदेशबाट नेपाल फर्केका व्यक्तिलाई मात्र वा उनीहरुसँग यात्रा गरेकाहरुलाई मात्रै कोरोना देखिने गरेको भएपनि अहिले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना फैलने क्रम तीब्र बनेको छ । त्यसैले विज्ञहरुले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
लकडाउन खुलेसँगै अहिले उपत्यकालगायतका देशका प्रमुख शहरहरुमा मानिसहरुको चाप ह्वात्तै बढेका कारण कोरोनाको जोखिम पनि तीब्र बनेको चिकित्सकहरु बताउँछन् । सरकारले आम मानिसलाई सहज होस् भनेर लकडाउन खुलेको बताएको भएपनि जोखिम कायमै रहेको आवश्यक सबै स्वास्थ्य सतर्कतक अपनाउन अनुरोध गरिरहेको छ ।
तर अहिले शहरमा देखिएको भीड हेर्दा कोरोना नै नियन्त्रणमा आइसकेको हो कि भन्ने जस्तो भान हुन गएको वीर अस्पतालमा कार्यरत एकजना चिकित्सक बताउँछन् । बेलैमा सचेत भएर विश्व स्वास्थ्य संगठनले दिएको मापदण्ड अनुसारको सावधानी अपनाउन नसकिए अवस्था गम्भीर हुने यो क्षेत्रमा कार्यरत चिकित्सकहरु बताउँछन् ।
नेपालमा अहिलेपनि विमान तथा सीमा नाका बन्द रहेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा चल्ने गाडीहरु चलाउन प्रतिबन्ध लगाइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...
चीनबाट १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा...
आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...
पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...
Top