Best Khabar Team | २०७७ श्रावण १० गते शनिबार
२५ जुलाई, २०२०
आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा पहिरोले स्थानीय एक खहरे खोला नै थुनेको छ । गोर्खाको धार्चे गाउँपालिकाको लापुडाँडाको चिंगार डाँडो नै पहिरोले बगाउँदा स्थानीय नौली खोला नै थुनिएको छ । धार्चे गाउँपालिका–७ लापुडाँडामा गएराति माथिबाट पहिरो खसेको हो । ठूलो पहिरो गएपछि निरन्तर रुपमा अहिले पनि साना ठूलो पहिरो झरिरहेका कारण लापुबेसी आसपासका बस्तीहरु जोखिममा परेका छन् ।

खोला थुनिएका कारण नौली खोलाको सो खण्डमा व्यापक मात्रामा पानी जमेको छ । पानीको बहावले पहिरो खोलेको अवस्थामा भने जोखिम निक्कै बढ्ने स्थानीय वासिन्दाले बताएका छन् । स्थानीय वडाले अहिले खोला क्षेत्रका स्थानीय वासिन्दालाई त्यहाँबाट अन्यत्र सारेको छ । पहिरो हटाउन स्थानीय वासिन्दा, सेना र प्रहरीको टोली परिचालन गरिएको भएपनि पहिरो हटाउने काम शुरु हुन सकेको छैन ।
निरन्तर पानी परिरहेका कारण र माथिबाट पहिरो खसिरहेको कारण घटनास्थलमा मानिसहरु पुग्न समेत कठिनाई भै रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...
सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...
काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने
२०७९ पुष २६ गते मंगलबार
१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं...
प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...
Top