Best Khabar Team | २०७७ श्रावण ७ गते बुधबार
२२ जुलाई, २०२०
नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधी पाउन सफल चलचित्र अभिनेता राजेश हमालका भाइको निधन भएको छ । कलेजो सम्बन्धी समस्या देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा उपचारका क्रममा उनको आज निधन भएको यहाँस्थित नेपाली दूतावासका एकजना अधिकारीले जानकारी दिएका छन् ।

केहीसमय यता राकेश कलेजोसम्बन्धी समस्याबाट पीडित भएपछि उनलाई २ दिनअघि विमान चार्डर गरेर भारत ल्याइएको थियो । दिल्लीको ह्याम्स अस्प्तालमा उपचारका क्रममा उनको निधन भएपछि उनको शवलाई नेपाल लैजान तयारी भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । ३ दिदीबहिनी र २ दाजुभाई मध्येका राकेश राजेश हमालसँगै काठमाण्डौंको कपुरधारामा बस्दै आएका थिए ।

राकेश हमालका एक श्रीमती, एक छोरा र एक छोरी छन् । राजेश हमाल, उनकी श्रीमती मधु र राकेशका परिवार एउटै घरमा बस्दै आएका थिए । शल्यक्रियाका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १...
Luxembourg: Misconceptions on Social Media & realities !!!
२०८२ श्रावण ३ गते शनिबार
Pratik Lamichhane Many of you may have heard of...
समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...
काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...
Top