महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

Best Khabar Team | २०७७ श्रावण ७ गते बुधबार


२२ जुलाई, २०२०
नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधी पाउन सफल चलचित्र अभिनेता राजेश हमालका भाइको निधन भएको छ । कलेजो सम्बन्धी समस्या देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा उपचारका क्रममा उनको आज निधन भएको यहाँस्थित नेपाली दूतावासका एकजना अधिकारीले जानकारी दिएका छन् ।

केहीसमय यता राकेश कलेजोसम्बन्धी समस्याबाट पीडित भएपछि उनलाई २ दिनअघि विमान चार्डर गरेर भारत ल्याइएको थियो । दिल्लीको ह्याम्स अस्प्तालमा उपचारका क्रममा उनको निधन भएपछि उनको शवलाई नेपाल लैजान तयारी भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । ३ दिदीबहिनी र २ दाजुभाई मध्येका राकेश राजेश हमालसँगै काठमाण्डौंको कपुरधारामा बस्दै आएका थिए ।

भाई राकेशसँग महानायक राजेश हमाल । फाइल तस्वीर ।

राकेश हमालका एक श्रीमती, एक छोरा र एक छोरी छन् । राजेश हमाल, उनकी श्रीमती मधु र राकेशका परिवार एउटै घरमा बस्दै आएका थिए । शल्यक्रियाका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आज दिउँसो...

काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने

२०७९ पुष २६ गते मंगलबार

१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...

Top