Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०
काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा परी देशका विभिन्न जिल्लामा करोडौको भौतिक क्षति भएको छ भने बाढी पहिरोमा परी देशका विभिन्न स्थानमा केही मानिसको ज्यान समेत गएको छ । यस्तै बाढी पहिरोमा परी केही घाइते भएका छन् । विगत ३ दिनदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशका तराई तथा पहाडी जिल्लाहरुमा ठूलो धनमालको क्षति भएको छ ।

पहिरोले काठमाडौंका दर्जनौ घरहरु डुबानमा परेका छन् । राजधानीको बाग्मती नदि किनारका आएको बाढीले सुकुम्बासी बस्तीमा व्यापक क्षति पु¥याएको छ । बाढीका कारण ती क्षेत्रका बस्तीहरु डुबाएको छ । बाढीका कारण कीर्तिपुर क्षेत्र, भक्तपुरको हनुमन्ते खोला छेउछाउका बस्ती डुबाएको छ । यस्तै पृथ्वी राजमार्गका एकदर्जन बढी स्थानमा पहिरो गएको छ । पहिरोका कारण पृथ्वीराजमार्ग पूर्णरुपमा बन्द भएको छ । यस्तै चितवनमा नारायणी नदीको तह उच्च भएको छ । बाढीका कारण पानीको बहान बढेपछि कोशी व्यारेजका सबै ढोकाहरु खोलिएका छन् ।
पृथ्वी राजमार्गको मलेखु जुँगेखोलामा गएको पहिरोमा परी एक घर पुरिएको छ । बाढीका कारण देशका अधिकांश खोला तथा नदीको सतह उच्च भएको छ । अविरल वर्षात्का कारण हुम्लामा स्थानीय हल्जीगाउँ हिमपहिरोको जोखिमा परेको भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारसम्म निरन्तर पानी पर्ने जानकारी दिँदै सतर्क रहन अनुरोध गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र...
९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !
२०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...
Top