Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०
काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा परी देशका विभिन्न जिल्लामा करोडौको भौतिक क्षति भएको छ भने बाढी पहिरोमा परी देशका विभिन्न स्थानमा केही मानिसको ज्यान समेत गएको छ । यस्तै बाढी पहिरोमा परी केही घाइते भएका छन् । विगत ३ दिनदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशका तराई तथा पहाडी जिल्लाहरुमा ठूलो धनमालको क्षति भएको छ ।

पहिरोले काठमाडौंका दर्जनौ घरहरु डुबानमा परेका छन् । राजधानीको बाग्मती नदि किनारका आएको बाढीले सुकुम्बासी बस्तीमा व्यापक क्षति पु¥याएको छ । बाढीका कारण ती क्षेत्रका बस्तीहरु डुबाएको छ । बाढीका कारण कीर्तिपुर क्षेत्र, भक्तपुरको हनुमन्ते खोला छेउछाउका बस्ती डुबाएको छ । यस्तै पृथ्वी राजमार्गका एकदर्जन बढी स्थानमा पहिरो गएको छ । पहिरोका कारण पृथ्वीराजमार्ग पूर्णरुपमा बन्द भएको छ । यस्तै चितवनमा नारायणी नदीको तह उच्च भएको छ । बाढीका कारण पानीको बहान बढेपछि कोशी व्यारेजका सबै ढोकाहरु खोलिएका छन् ।
पृथ्वी राजमार्गको मलेखु जुँगेखोलामा गएको पहिरोमा परी एक घर पुरिएको छ । बाढीका कारण देशका अधिकांश खोला तथा नदीको सतह उच्च भएको छ । अविरल वर्षात्का कारण हुम्लामा स्थानीय हल्जीगाउँ हिमपहिरोको जोखिमा परेको भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारसम्म निरन्तर पानी पर्ने जानकारी दिँदै सतर्क रहन अनुरोध गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...
सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...
१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको...
इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर...
Top