Best Khabar Team | २०७७ श्रावण ४ गते आइतबार
१९ जुलाई, २०२०
स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सडक कालोपत्रे गर्ने मजदुरहरुलाई लिएर स्थानीय भिंगृ जाँदै गरेको सो ट्याक्टर स्थानीय रुमले भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा यसअघि ६ जनाले ज्यान गुमाएको बताइएपनि हालसम्म ७ जनाको ज्यान गएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय वासिन्दाले घाइतेहरुको उद्दार तथा मृतकको शव संकलनको काम तीब्रताका साथ गरिरहेका छन् । मृतक सबै रोल्पा जिल्लाका स्थानीय भएको प्रहरीको भनाई छ ।
कच्ची सडक खण्डमा तीब्र गतिमा रहेको टयाक्टरले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
मृतक सबैको सनाखत भै सकेको छ ।
स्थानीय स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको बेला सो ट्रक दुर्घटनामा परेको थियो । सो दुर्घटनामा केही मजदुर घाइते भएको र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भै रहेको बताइएको छ । लु २ त ४२३४ नम्बरको ट्याक्टर स्थानीय ओसिस कन्सट्रक्सन निर्माण कम्पनीले ठेक्का लिएको सडक निर्माण गर्ने मजदुर बोकेर कार्यक्षेत्रबाट घर फर्कँदै गरेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...
गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...
बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो
२०७७ असार ४ गते बिहिबार
बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...
नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०परासी । नबलपरासीमा गएराति लु ४ त...
Top